बैतडीमा जन्मिएकी सरस्वती नेपालीले समाजिक न्यायको लागि काम गरेको २२ बर्ष भन्दा बढी भैसक्यो । सुदुरपश्चिमको बैतडीको सानो गाँउमा स्कुल पढेकी उनी कक्षा ६ मा हुँदा नै जातिय बिभेद बिरुद्ध प्रतिकार गरेको उनी बताउछिन् । बिगत सम्झिदै उनी भन्छिन्,‘त्यो समयमा म कक्षा ६ मा पढ्दै थिए जब अफिस कोठामा राखिएको पानीको बाल्टि अरुले दिएपछि मात्र हात थापेर खानु पर्थो, जुन मलाई चित्त बुझ्दैन थियो र मैले पहिलो पटक जातिय बिभेद बिरुद्ध प्रतिकार गरे ।’ सानै उमेर देखि समाजको बिभेद सहदै आएकी उनी थुप्रै प्रश्न लिएर नै हुर्किइन् । संगैका साथीलाई शिक्षकले गर्ने व्यवहार र आफुलाई गर्ने व्यवहारमा फरकपन पाए पछि उनी बिभेद बिरुद्ध सामाजिक काम गर्ने निर्णय लिइन्।
कक्षा दशको पढाइ सकेर क्याम्पस पढ्ने समयमा उनले भोग्ने बिभेद भने रत्ति पनि परिवर्तन भएन् । समाजमा घट्ने गरेका अमानविय व्यवहार प्रति निकै निराश रहेकी सरस्वती सामाजिक कार्यमा संलग्न हुदै अगाडि बढिन् । बैतडीको गाँउमा दलित समुदायमाथि हुने गरेको थिचोमिचो, बिभेदलाई हटाउनका निमित्त धेरै सामाजिक आन्दोलनमा सहभागी भइन् । समाजमा हुने गरेको दलितमाथीको दानविय व्यवहारको अन्त्यको निम्ती धेरै कार्यहरु गरेकी सरस्वती मानवअधिकार अलाइन्सकी केन्द्रिय सदस्य संगै दलित महिला संगकी अध्यक्ष भई जिल्लामा धेरै काम गरी सकेकी छिन्।
बैतडीमा उनले काम सुरु गर्ने समयमा निकै गाह्रो रहेको अनुभब उनी सुनाउछिन् । उनी भन्छिन्,‘दलित माथी गरेका जघन्य घटनाको पनि प्रहरीले उजुरी लिदैन थिए, धेरै समय सम्म हक अधिकारकको लागि लड्नु परेको उनी बताउछिन् ।’ गाँउमा हुने गरेका जातिय बिभेद, महिला पूरुष बिचको बिभेद, बलात्कारको मुद्दा लगायत सामाजिक आन्दोलनमा लामो समय सम्म संघर्ष गरेकी हुन् । उनी भन्छिन्, ‘बैतडीमा ५४ वर्षीय शिक्षकद्वारा मानसिकरुपमा कमजोर दलित बालिका माथिको बलत्कारको बिरुद्ध मेरो अगुवाइमा कानुनी लडाइँ लड्नु परेको थियो, कानुनबाट न्याय पाएर अपराधीलाई ११ वर्षको जेल सजाय गराउन सकियोे, संघर्ष पछिको फल भनौ ।’ सामाजिक आन्दोलनको क्रममा धेरै आन्दोलनमा सकृयता साथ अगाडि बढेकी उनी डोटीको शैलेश्वरी मन्दिर पहिलो पटक प्रवेश गर्ने अगुवामध्य एक रहेकी उनी उक्त आन्दोलनमा घाइते भएको अनुभब उनी सुनाउछिन् । २०५८ सालमा जगन्नाथ मन्दिर प्रवेशको क्रममा बहिस्कारमा परेको पिडा उनी सुनाउछिन् । समाज परिवर्तन र कुससंकार हटाउने होडमा लागेकी उनी जती नै दुंख कष्ठ परेपनि पछाडि नहट्ने बताउछिन् । उनी भन्छिन्, ‘यो त सुरुवात हो, गर्नु पर्ने धेरै छ, म एउटा सूदुरपश्चिमको एउटा सानो जिल्लाबाट सामाजका कुरिती, विसंगति, दमन र शोषणकाविरुद्ध संघर्ष गर्दछु सबैको साथ र सहयोगको अपेक्षा गर्दछु।’
सामाजिक आन्दोलनमा सक्रिय भुमीका मात्र नभएर सरोस्वतीले शिक्षा र पत्रकारितामा निकै योगदान दिएकी छिन् । वि.स. २०६३ मा हलिया मुतm संघर्ष, वि.स. २०६३ मा नै सिनो बहिष्कार संघर्ष, २०६५ सालमा सुकुम्बासी संघर्ष लगायत संघर्षकोे क्रममा उनले ठुलो संघर्ष गरेकी थिइन् । ‘यी मुद्दालाई राष्ट्रियकरण गर्न र निमुखा पीडितलाई न्याय दिलाउन धेरै मेहेनत गर्नु पर्यो, अहिले ३७ घरपरिवारमा महिला पुरुषको दुबैको नाममा जग्गा उपलब्ध गराउन पाउदा निकै खुसी लाग्छ।’
समाज र समुदायका लागि दुई दशक भन्दा बढी समय निरन्तर संघर्षरत रहकी सरस्वतीले सन् २०१८ को ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल अवार्ड’ ले सम्मानीत भएकी छिन् । सामाजिक अभियन्ता सरस्वतीले दलित समुदायका लागि सामाजिक न्यायको क्षेत्रमा गरेको संघर्ष र पुर्याएको योगदानको सम्मान सहित दर्नाल अवार्डले सम्मान गरिएको हो । बुधबार सभागृहस्थित एक अन्तर्राष्ट्रिय समारोहबीच सरोस्वतीलाई नगद रुपैया पाँच लाख संगै कदरपत्रले सम्मान गरिएको हो । सामाजिक विकृती र विसंगतीका विरुद्ध सकारात्मक रूपान्तरणका लागि सामाजिक अगुवा सुभास दर्नालको सम्झनामा सामाजिक अभियान्तालाई सम्मान दिदै आएको दर्नाल अवार्ड बताउछिन्।
दर्नाल अवार्डले सम्मानीत सरस्वती नेपालीसँगै अन्य सामाजिक अभियन्ताहरू लाइ पनि कदर पत्रले सम्मान गरेको छ । दैलेखका पार्वती कुमारी विशुन्के, बर्दियाका दिलिप गन्धर्व, डडेल्धुराका कलावती भाँड, सिरहाका अरुण सदा र बाजुराका डा.रुपचन्द्र विश्वकर्मालाई कदरपत्र प्रदान गरिएको हो । दर्नाल अवार्ड सामाजिक अभियान्तालाई प्रेरणाको रुपमा सम्मान गर्ने हेतुले स्थापना गरिएको सस्ंथापक शरिता परियार बताउछिन् । दर्नाल अवार्ड प्रत्यक दुई बर्षमा ४० बर्ष ननाघेका दलित युवालाई प्रदान गर्दै आएको छ । शरिता भन्छिन्,‘सामाजिक रुपान्तरणको लागि स्थापना गरिएको सुवास दर्नाल अवार्ड हरेक दलित अभियान्ताको लागि प्रेरण बनोस् र अन्यायको विरुद्ध लड्ने आत्मबल मिलोस् भनेर सुरु गरेका हौ।’
प्रकाशित: ४ भाद्र २०७५ ०६:३४ सोमबार