अन्य

भीडमा एक्लैएक्लै

भीडै भीडमा छु, र त एक्लो छु
एक्लो छु र त भीड जम्मा गर्छु
मानिसको घुइँचो, म एक्लो यात्री
सपनाको घुइँचो, म एक्लो मन
कल्पनाको वर्षात, म एक्लो ज्यान
सम्झनाको लर्को, म एक्लो जीवन
हिँडदै छु, जादैछु, कहाँ जादैछु
आफ्नै छायासँग तर्सेर भाग्दैछु ।

बोल्दैछु एक्लै, निरुत्तर कुन किनारमा
मात्र रात बड्बडाउँछ
 दिन बित्छ रात बित्छ
थाहै नपाइ छट्पटिमै
ढल्केको हेराइ गलेका नशा
मरिच झै चाउरिएर
ऐना बोल्दैछ, म सुन्दैछु
सुम्सुमादै आफैंलाइै
प्रतिप्रश्न आउँछ झट्टै
पुनश्च खोज्छु उत्तरहरु
हराउदै छु, बिलीन भै
आँधीबेहरीमा उडेका पत्रहरुझै
न त देख्छु तिमीलाई भीडभित्र
न त देख्छु कतै किनारामा
र त गर्दै छु प्रश्न
तिमी कति टाढा पुगेका छौ
मेरा सपनाभन्दा पनि पर ?

 

प्रकाशित: १२ श्रावण २०७५ ०१:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App