अन्य

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका

काठमाडौं—निर्वाचन आयोगले स्थानीय निर्वाचनको कार्यतालिका बुधबार साँझ सार्वजनिक गरेको छ। आयोगद्वारा सार्वजिनक कार्यतालिकाअनुसार उम्मेदवार मनोनयन दर्ताका लागि वैशाख १६ को मिति तोकिएको छ।

उम्मेदवारी फिर्ता वैशाख १८, निर्वाचन चिन्ह प्रदान १९ गते र मतदान ३१ गते हुने आयोगले जनाएको छ। सरकारले निर्वाचन घोषणा गरेको दुई दिनपछि आयोगले निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो।

उम्मेदवारी फिर्ता वैशाख १८, निर्वाचन चिन्ह प्रदान १९ गते र मतदान ३१ गते हुने आयोगले जनाएको छ। सरकारले निर्वाचन घोषणा गरेको दुई दिनपछि आयोगले निर्वाचन कार्यतालिक सार्वजनिक गरेको हो।

निर्वाचन अघि स्थानीय निकाय पुनःसंरचना आयोगको प्रतिवेदनअनुसार सिमांकनको टुंगो लाग्नुपर्ने हुन्छ। सरकारले स्थानीय पुनःसंरचना आयोगको प्रतिवेदन कार्यान्वयन गर्न आनाकानी गरिरहेको छ।
 

प्रकाशित: ११ फाल्गुन २०७३ १२:४२ बुधबार

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका