अन्य

‘टर्कीमा सैनिक ‘कू’ को प्रयास असफल’

इस्तानबुल –टर्टीका राष्ट्रपति रिजेप तथ्यिप एर्दोआनले त्यहाँको एक सैनिक खेमाले गरेको सैनिक ‘कू’ को प्रयास असफल भएको बताएका छन्।
सो क्रममा भएको झडपमा ४२ जनाको मृत्यु भएको थियो। उक्त घटनापछि एक टेलभिजनबाट अभिव्यक्ति दिनेक्रममा एर्दोआनले सैनिक ‘कू’ लाई देशद्रोहको संज्ञा दिँदै सेनामा शुद्धिकरणको आवश्यकता रहेको बताए। उनले यो घटना कायरताको पराकास्टा भन्दै यसको उनीहरुले ठूलो मुल्य चुकाउन पर्ने चेतावनी दिए।

‘कू’ को प्रयास गर्नै सैनिक मध्ये सय भन्दा बढी सैनिकले सरकारसमक्ष आत्मसमर्पण गरेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। उनीहरुले आत्मसमर्पण गरेसँगै टर्की सरकारले सैनिक ‘कू’ को प्रयास असफल भएको बताएको हो। सैनिक ‘कू’ मा संलग्न ७ सय ५४ जनालाई नियन्त्रणमा लिएको जनाइएको छ।

 सेैनिक प्रमुख जेनरल हुलुसी अकरको अवस्था अझै अज्ञात छ ।  यसअघि सेना प्रमुखलाई बागी सैनिकहरुले नियन्त्रणमा लिएको खबर बाहिर आएको थियो। टर्कीको सरकारी अभियोजनकर्ता कार्यलयका अनुसार ‘कू’  को प्रयासका क्रममा अंकारामा कम्तीमा ६० जना मारिएको बताएको छ। मारिने मध्ये अधिकांश गैरसैनिक रहेको  बताइएको छ।

 

प्रकाशित: १ श्रावण २०७३ ०८:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App