विचार

अग्रगामी कि प्रतिगामी ?

प्रधानमन्त्री केपी ओलीले जब संसद् भंग गर्ने सिफारिस गरे उनलाई उनका आलोचकहरूले प्रतिगामी भने । यो सुन्दा नेपालमा को अग्रगामी, को प्रतिगामी, के अग्रगामी र के प्रतिगामी हो भनेर बुझ्न गाह्रो पर्‍यो । जुन प्रधानमन्त्रीलाई झण्डै दुईतिहाइ सांसदको समर्थन थियो त्यस्तो मानिस पनि प्रतिगामी हुन सक्ने रहेछ भनेर कसरी कल्पना गर्नु ? यो मुलुकमा धेरैले मानेको अग्रगामी विचार प्रचण्डपथको थियो । मानिस यसको गुणगान गरेर थाक्दैनथे । आज यसको नामै सुनिँदैन । यसमा त्यस्तो अग्रगमनका के/कस्ता विशेषता थिए शायद प्रचण्ड आफैँले पनि बिर्सिसके होला । अरूले त के सम्झेका होलान् र ? तैपनि नेपालमा अग्रगमन र प्रतिगमनको विवाद कायमै छ ।

प्रतिगामी भनेर गाली गर्नु एउटा कुरा हो, त्यो कुरा सत्य मात्रु अर्कै कुरा हो ।

नेपालमा अग्रगामी र प्रतिगामी भत्रे शब्दहरू राजनीतिक वृत्तमा खुबै चलेका छन् । तर के हो अग्रगामी, के हो प्रतिगामी स्पष्ट भएको छैन । कम्युनिस्टहरू सबैले आफूलाई अग्रगामी भन्छन्, अरूले आफूलाई के भन्छन् भत्रेमा उनीहरू चिन्ता गर्दैनन् । हुन पनि भएका सबै व्यवस्था, रीतिथितिलाई भताभुङ्ग पारेर नयाँ व्यवस्था ल्याउनु, नयाँ रीतिथिति बसाल्नु अग्रगामी जस्तो देखिन्छ । तर के नयाँ कुरा हुनेबित्तिकै अग्रगामी नै हुन्छ ? यसको जवाफ कसैले दिन मान्दैनन् किनभने नयाँ कुरा सधैँ अग्रगामी हुँदैनन् ।

एउटा आधारभूत कुरा लिउँ । कार्ल माक्र्स २०१ वर्षअगाडि जन्मे । उनले प्रतिपादन गरेको सिद्धान्त पुरानो भइसक्यो । त्यो सिद्धान्त बोकेर हिँड्ने मानिस कसरी अग्रगामी भयो ? कम्युनिस्टहरू कुनै पनि मुलुकमा ७० वर्ष भन्दा बढी टिकेका छैनन् । बूढो भएपछि सबै मर्छन् जस्तो गरी उनीहरू पनि मर्दै गएका छन् । त्यस्तो मानिस वा सिद्धान्तलाई अग्रगामी कसरी भत्रे ? अग्रगामी माने अगाडि बढ्नु हो । दुई सय वर्ष पुरानो सिद्धान्त बोकेर हिँड्नेलाई कसरी अगाडि बढेको मात्रे ?  

उता राजा चाहियो भत्रेलाई प्रतिगामी भनेर वर्णन गरिन्छ । नेपालको सन्दर्भमा कुरा गर्ने हो भने १०–१५ वर्षअगाडि सम्म भएको राजा चाहियो भत्रेलाई कसरी प्रतिगामी भत्रे ? यसो भन्दा के राजा भएको मुलुक सबै प्रतिगामी हुन्छन् ? प्रतिगामी भन्दा के अगति परेको अथवा गतिहीन भएको अथवा अविकसित भएको बुझिंँदैन ? के यो कुरा सत्य हो ? के सबै राजा भएका मुलुक गतिहीन र अविकसित भएका छन् ? के जापान, बेलायत र कतिपय युरोपियन देश यस्तो अवस्थामा छन् ? त्यसो त छैन । तर फेरि किन बारम्बार यो कुरा दोहो¥याइन्छ ? त्यसकारण प्रतिगामी भनेर गाली गर्नु एउटा कुरा हो, त्यो कुरा सत्य मात्रु अर्कै कुरा हो ।  

राजसंस्थाको तुलनामा गणतन्त्रलाई अग्रगामी भत्रे गरिएको छ । के यो ऐतिहासिकरूपमा सत्य हो ? होइन । किनभने नेपालको २६ सय वर्षको इतिहासको सुरुमा गणतन्त्र भत्रे चीज थियो । शासक चुनिन्थे । तर सो व्यवस्था टिक्न सकेन । त्यही चीज अहिले चाहियो भत्रे मानिस कसरी अग्रगामी हुन्छ ? सो बुझिनसक्नु छ । गणतन्त्र भत्रे व्यवस्था कति वर्ष टिकेको थियो भत्रे स्पष्ट छैन । किनभने त्यसलाई महत्वका साथ हेरिने पनि गरिँदैन । त्यसको तुलनामा राजसंस्था नेपालमा अनेक किसिमको आए पनि १९० वटा राजा भएको अभिलेख छ । इतिहासको कुनै समयमा राजा सक्रिय थिए । कुनै बेला खोपीको देवता जस्तै थिए । कहिले आफैँले षडयन्त्र गरे । कहिले षडयन्त्रको सिकार भए । यो हिसाबले पनि राजसंस्थालाई प्रतिगामी नै भत्र मिल्दैन ।

जोन स्टुअर्ट मिल २१३ वर्षअघि जन्मेका थिए । उनी स्वतन्त्र अर्थतन्त्रका प्रवर्तक थिए । उनकै सिद्धान्तअनुरूप धेरै देशको अर्थतन्त्र आज पनि चलिरहेको छ । यसलाई अर्को शब्दमा पुँजीवादी व्यवस्था पनि भनिन्छ । यसका अनुयायीलाई के प्रतिगामी भत्रे ? यति प्रतिगामी नै हुन् भने के मात्र प्रतिगामी भएनन् ? अमेरिका प्रतिगामी भए, चीन प्रतिगामी भए, युरोपमा सारा मुलुक प्रतिगामी भए । यो हिसाबले हेर्दा खालि उत्तर कोरिया मात्र अग्र्गामी देखिन्छ ? के यसैलाई सत्य मानेर हिडौँ ?  

समाजवादका केही राम्रा गुण छन् । त्यसलाई सबै पुँजीवादी देशले पनि अंगीकार गरेका छन् । जस्तो– सामाजिक सुरक्षा । युरोपका धेरैजसो देशमा सामाजिक सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । अमेरिका जस्तो पुँजीवादी देशमा केही वर्ष काम गरेपछि सरकारका तर्फबाट पनि रकम राखेर सामाजिक सुरक्षाको व्यवस्था गरिएको छ । हाल कोरोना महामारीमा ५००, ६०० डलर मात्र राहत दिइएकामा नपुगेर २,००० डलरसम्म दिने भनेर प्रस्ताव गरिएको थियो । तर त्यो त्यहाँको व्यवस्थापिकाले नै स्वीकार गरेन । तैपनि सिद्धान्ततः संकट परिआएको बेलामा जनतालाई सरकारले सहायता गर्नुपर्छ भत्रे सिद्धान्त समाजवादी हो । त्यस्तो आफूसित मेल नखाने सिद्धान्तलाई पनि अमेरिकाले अंगीकार गरेको छ । न त्यो अग्रगामी हो न प्रतिगामी । त्यो हो समय सुहाउँदो कदम जसलाई आज सबै सभ्य समाजले मानेका छन् । प्रतिगामी कि अग्रगामी भत्रे विवाद गरिरहेका छैनन् ।

प्रकाशित: १६ पुस २०७७ ०४:१२ बिहीबार

प्रधानमन्त्री केपी ओली अग्रगामी कि प्रतिगामी ?