कोरोना भाइरस (कोभिड–१९) को महामारीले आज विश्व ग्रसित छ। संक्रमणले मान्छेको ज्यानै लिनुका साथै विश्वअर्थतन्त्रलाईपनि गम्भीर असर गरेको छ। महाशक्ति राष्ट्रहरूको त अर्थतन्त्रको जड धर्मराएको छ भने हाम्रोजस्तो अल्पविकसित तथा विकासोन्मुख राष्ट्रको कुरै भएन। वैदेशिक रोजगारीमा गएका लाखौँ युवा रोजगारी गुमाएर फर्कने अवस्था सिर्जना भएको छ, यसले रेमिट्यान्सले धानिएको हाम्रो अर्थतन्त्रलाई गम्भीर असर गर्ने देखिन्छ।
देशभित्रै पनि ठूला होटलहरू अब ६ महिना नखुल्ने र जम्मा तलबको १२.५ प्रतिशत मात्र कामदरले पाउने घोषणा भइसकेको छ। कोरोना कहरले विशेषतःव्यवसायी तथा मजदुरलाई बढी प्रभाव पारेको देखिन्छ।यो महामारी नरोकिएसम्मकेहीव्यवसायीव्यवसायबाट पलायन हुने अवस्था पनि आउन सक्छ।
हाम्रोजस्तो देशमा सानातथा मझौला उद्योग व्यवसाय क्षेत्रले देशको २२ प्रतिशत जिडिपी ओगट्नुका साथै १७ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको अवस्था छ। अहिलेको अवस्थाकाकारण व्यवसाय ठप्प भई मानसिक सन्तुलन समेत खलबलिने अवस्था बनिसकेको छ। हालसालैएक सानाहोटल व्यवसायीले ऋण तिर्न नसकी भोकमरीको स्थितिमापुगेर आत्महत्यासम्म गरेको अवस्था छ।
यी र यस्ता धेरै घटना सुनिन थालेका छन्। यस्तो अवस्थामा बढी मात्रामा भार महिला वर्गलाई पर्न जाने हुन्छ। जुनसुकै विपत्ति तथा असहजताको मारमा पहिले महिला पर्छन्, किनकि घर–घरमा हरेकको थालमा खानेकुरा राखिदिने उनीहरूनै हुन्छन्। अरु उद्योगीजस्तै महिला उद्यमीपनि अहिले देशभरि नैठूलो मारमापरिरहेका छन्, त्यस कारण उनीहरू दोहोरो मारमा परिरहेका छन्।
०७४/७५ को तथ्यांक अनुसार नेपालमाचार लाख १८हजार ५२ साना तथाघरेलु उद्योग छन्। तीउद्योगले ३६लाख ६हजार ६८ महिला तथा पुरुषलाई रोजगारदिएको देखिन्छ। यस क्षेत्रमा करिब ६० प्रतिशत महिला उद्यमी रहेका छन्।
केही अपवादबाहेक, धेरैजसो महिला उद्यमी साना तथा मझौला उद्योगमा पर्छन्।विशेषतःमहिला उद्यमीहरू कृषि,हस्तकला, सेवा, पर्यटनतथा अरु विभिन्न सेवा उद्योगमासंग्लन छन्। महिला उद्यमी महासंघमा मात्रै करिब पाँच हजार महिला उद्यमी सम्बद्ध छन्। उनीहरूले करिब पाँच लाख महिला तथा पुरुषलाई रोजगारी दिएको देखिन्छ।
जुनसुकै विपत्ति तथा असहजताको मारमा पहिले महिला पर्छन्, किनकि घर–घरमा हरेकको थालमा खानेकुरा राखिदिने उनीहरू नै हुन्छन्। अरु उद्योगीजस्तै महिला उद्यमी पनि अहिले देशभरि नै ठूलो मारमा परिरहेका छन्, त्यस कारण उनीहरू दोहोरो मारमा परिरहेका छन्।
यस कोरोनाकहरपछि सरकार र महिला उद्यमी दुवै सरोकारवालाले देशभित्रैको बजारलाई ध्यान दिएर अगाडि बढ्नुपर्ने हुन्छ। विशेषतः महिला उद्यमीले कृषिलाई नै बढी ध्यान दिएर अगाडि बढ्नुपर्ने जरुरी छ। यसो गर्दा कच्चा पदार्थको उपलब्धतासँगै बजारीकरणका लागि पनि सहज हुने देखिन्छ। सरकारी तथा अन्य निकायले पनि आफ्नै देशभित्र बन्ने तथा आन्तरिक कच्चा पदार्थबाट बनेका समानलाई पहिलो प्राथमिकता दिनुपर्छ। प्रदेश तथा स्थानीयसरकारले वैदेशिक रोजगारीबाट फर्केका श्रमिकलाई मध्यनजर गरी सामूहिक कृषि तथा व्यवसायतर्फ प्रोत्साहन हुने खालका कार्यक्रम लागू गरिहाल्नुपर्ने देखिन्छ।
हालको अवस्थाबाट महिला उद्यमीसहित अरु उद्यमीले अगाडि बढ्न उद्यमी स्वयं र सरकारले के गर्नुपर्छ भनी महिला उद्यमी महासंघले सरोकारवालासँग बृहत् सल्लाह र अन्य महासंघसँग सहकार्य गर्दै सरकारसँग हालको परिस्थितिमानिम्न मागराखिआएको छ :
१) व्यावसायिक र व्यक्तिगतऋणमा ब्याज मिनाहा गर्ने र तिर्ने समयसीमा बढाउने।
२)लकडाउन अवधिभर घर–भाडा मिनाहा वा न्यून हुनुपर्ने।
३) पारिश्रमिक ५० प्रतिशत सरकारको तर्फबाट भुक्तानी हुनुपर्ने।
४) पानीर बिजुली लकडाउन अवधिभर मिनाहाहुनुपर्ने।
५)व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरल एवं कम ब्याजमा कर्जा उपलब्ध हुनुपर्ने।
६) कुनै उद्योग तथा व्यवसाय बन्द हुन चाहेमा सहज तरिकाले बन्द गर्न पाउनुपर्ने।
योसँगै महिला उद्यमी महासंघले निरन्तर आफ्नाजिल्ला संघसँग सम्पर्क गरी उनीहरूको अहिलेको अवस्था बुझेकोे छ भने सरकार तथा उद्यमी महासंघ मिलेर भविष्यमा के–कस्ता कार्य योजना बनाउनुपर्छ, कसरी अगाडि बढ्ने भनेर पहल गरिराखेको छ।
यो कहरपछि अर्थतन्त्र आफ्नो लयमाफर्किन करिब दुईवर्ष लाग्ने अर्थशास्त्रीले आकलन गरिसकेका छन्। त्यसैले अहिलेको महामारीलेविश्व अर्थतन्त्रमापरेको प्रभाव आदिलाई मध्यनजर गर्दै अब महिला उद्यमीसहित अरु उद्यमीले पनि सोचिहाल्नुपर्ने स्थिति अएको छ।
धेरैजसो महिला उद्यमी साना तथाघरेलु उद्योगमै छन्, यो एउटा सुखद पनि हो।सानो उद्योगमा जोखिम पनि कम हुन्छ। अब हामीले नेपालभित्रै पाइनेकच्चा पदार्थ (जस्तै : वन पैदावर कृषिर पशुपालन) मा आधारितउद्योगहरूमै ध्यान दिनु उपयुक्त हुन्छ। त्यसमा पनि जहाँजे फल्छ,त्यसैमा आधारित उद्योग गर्दाकच्चा पदार्थको सहज उपलब्धताहुन्छ।तरकारीखेती, फलफूलखेती,जडिबुटीमाआधारित (जस्तै : जाम, जेल्ली, औषधि,सुक्खा तरकारी तथा सुक्खा फलफूलहरू र अचार)उद्योगबाट उत्पादन बढाउन सकिन्छ।
त्यस्तै,पशुपालनमाभेडा–च्यांग्रा, खसी–बोका, अस्ट्रिच, कुखुरा, हाँस आदि पर्छन्। वन पैदावरमा आधारित उत्पादनमा अल्लो, सिस्नोका रेसा आदिपर्छन्। वन पैदावरबाट डोको, नाम्लो चटाई आदिपनि उत्पादन गर्न सकिन्छ। यसका साथै कृषिमा आधुनिकीकरण गरी चिस्यान केन्द्र, भण्डारीकरणआदिको व्यवस्था गर्नुपर्ने हुन्छ।
यसकालागि स्थानीयएकाइसँग समन्वय गर्न जरुरी छ। त्यस्तै,प्रविधितथाऔजार र मलखादका लागि सरकारसँग मागगर्नुपर्ने देखिन्छ।सरकारले पनि आर्थिक अनुदानभन्दा औजार र प्रविधि निःशुल्क दिनुपर्ने हुन्छ। उत्पादितवस्तुकोढुवानी र बजारीकरणकालागि महिला उद्यमी संघहरू र महासंघलेपहल गर्नुपर्छ।
हालको अवस्थामा अब हरेक उद्यमीलेनयाँ तरिकाबाट सोच्ने र मनन गर्ने अवस्था आएको छ। यसका लागि आ–आफ्नो जिल्लाभित्रै महिला उद्यमीहरू भेला भएर त्यस जिल्लामा मुख्य समस्या के हो, उनीहरूलाई चाहिएकोके हो आदि आफैँ निक्र्योल गरीसकेसम्म स्थानीयनिकायबाट सहयोग लिने उपाय अवलम्बन गर्नुपर्ने हुन्छ। स्थानीयनिकायमा उपलब्ध हुन नसक्ने सीपमूलक तालिम तथा प्रविधिका लागि महिला उद्यमी महासंघसँग छलफल गरी अगाडि बढ्नुपर्ने देखिन्छ। महिला उद्यमी महासंघले पनि अबको नयाँ परिस्थितिमा महिला उद्यमीको नयाँ मागप्रति सजग हुँदै सरकारसँग पैरवी गर्नुपर्ने हुन्छ।
महिला उद्यमीको चाहना अनुरूप विभिन्न विषयमा दातृ निकायको सहयोगमा अनलाइन तालिम दिनुपर्ने हुन्छ। तीतालिममा प्रस्ताव लेखन, प्याकेजिङ, हिसाब लेखन, ब्रान्डिङ, बजारीकरणआदि हुन सक्छन्। अब महिला उद्यमी महासंघ स्वयंले स्वदेशी उत्पादन र उपभोगसम्बन्धी देशव्यापी अभियान र जागरण थालिहाल्नुपर्ने देखिन्छ।
यसैगरी महिला उद्यमी महासंघलेनेपाली महिला उद्यमीको उत्पादनकोराष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरण गरिदिनुपर्छ। हामी सम्पूर्ण महिला उद्यमीले पनिपाएसम्म स्वेदशी उत्पादनमात्र प्रयोग गर्ने बानी बसाल्नुपर्ने हुन्छ, तब मात्र यस विपत्तिले थला परेका हाम्रा उद्योग फेरि माथि उठ्न सक्नेछन्।
(लेखक महिला उद्यमी महासंघकी केन्द्रियसदस्य हुन्।)
प्रकाशित: २१ जेष्ठ २०७७ १२:४७ बुधबार