विचार

पुराना सबै नराम्रा हुँदैनन्

नयाँ र पुरानोमा कुन असल वा खराब भन्ने कुरा समय, सन्दर्भ, कालक्रम र ठाँउअनुसार साबित हुन्छन्। कुनै कुरा कुनै बेला ठीक भए पनि अर्को सन्दर्भमा बेठीक ठहर्न सक्छ। कतै हाँस्नुको महत्व हुन्छ भने कतै त्यहीं हाँसो अशिष्टता प्रदर्शन बनिदिन्छ। महत्व नबुझ्दा श्रीखण्ड पनि हसियाँको बिँड हुन पुग्छ। यसै सन्दर्भमा पुराणलाई पुरानो कुरा भनेर बेवास्ता गर्ने जुन चलन छ त्यस विषयमा यहाँ चर्चा गरिन्छ।

धेरैले पुराणलाई धर्मको आधार, वेदको व्याख्या र सृष्टि सुरुवातदेखिको एकमुुस्ट इतिहास, जीवनलाई हरभरा बनाउने प्राचीन शास्त्र मान्छन्। तर कसैकसैले  पुुराणलाई पुुराना कुुरा भनेर बूढाबूढीका मनोविनोद, समय कटाउने विद्या, बाहुुनवादी आख्यान ठान्छन्। पुुराण पढेपछि मात्र यसभित्रका विषयवस्तुु थाहा हुुन्छ। मानिसको आयु निश्चित हुुन्छ। आयुु सकिएपछि सबैले मर्नुुपर्छ। मर्नुुुभन्दा अगाडि गरिएका कामबाट मानिसको मूूल्यांकन हुुने गर्छ। असल भनेर मूूल्यांकन भए नाम रहन्छ, नभए जन्मने र मर्नेहरूको सूूचीमा मात्र परिन्छ। स्वर्ग र नर्कको अस्तित्वमा विश्वास नगर्नेहरू पनि यो मान्यता स्वीकार्छन् र जीवनमा थाहा पाउने गरेर आपराधिक काम गर्न डराउँछन्।

पूर्वीय दर्शन/परम्परामा पुराणको चर्चा प्रशस्तै हुने गरेका छन्। महापुराण १८ वटा छन् भन्ने मान्यता छ। यसैगरी उपमहापुराण र उपपुराण पनि १८/१८ वटै भएको उल्लेख छ। सबै पुराणका आआफ्नै महत्व छन्। उदाहरणका लागि मार्कण्डेय पुराणमा महाभारतदेखि मोक्ष–शास्त्रसम्मका विषयवस्तुु समेटिएका छन्। शक्तिको महत्व दर्शिएको मार्कण्डेय पुुराणको अनुुशीलन देवीको उपासनासँग पनि जोडिन्छ।

संगतको महत्व बुुझ्नेबित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन। अकर्तव्यमा नलाग्नुु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नुु हो।

अधिकतर नेपाली, भारतीय र देवीका उपासक जो कसैका घरमा नित्य पूूजा तथा हरेक चैत्त र असोजका नवरात्रमा देवीको सामान्य पूूजा (नित्य वा जमरा राखेर देवीको पूजा गर्ने, देवीका मन्दिर दर्शन गर्ने, देवीका कथा/गाथा सुुन्ने, प्रसादस्वरूप बलि दिने, मासुु खाने आदि)देखि विशेष पूूजा (९ दिनसम्म जाग्राम बस्ने, आफ्नै छातीमा जमरा उमार्ने, देवी भागवत, मार्कण्डेय पुुराण लगाउने, तीर्थ यात्रा गर्ने, देवीको नाममा गाईदान, भूूमिदान आदि) गर्नेसम्मका क्रियाकलाप गरेर परम्परा, संस्कृति, धार्मिक मान्यता पूरा गर्ने चलन पनि चलाएको पाइन्छ। देवीको पूूजा गर्नेदेखि पूूजाका प्रकार, विधि र फलका विषयसम्म धेरैको जिज्ञासा रहेको देखिन्छ। तिनै जिज्ञासा शान्त गर्न मार्कण्डेय पुुराणको श्रवण र अनुुशीलन आवश्यक हुुन्छ।
वेदको अर्थलाई इतिहास र पुुराणका प्रसंगहरूबाट संवद्र्धन र व्याख्या गर्नुुपर्छ भन्ने मान्यता छ। इतिहास र पुुराणका कुुरा कम सुुने÷बुुझेका मानिसदेखि वेदको अर्थलाई नै प्रहार (अपव्याख्या) गरिदिने त होइन भनेर वेद स्वयं सशंकित हुन्छ। त्यसबेला वेद–पुुरुष (ज्ञानको स्वरूप परमेश्वर) डराउनुुहुुन्छ, भनिन्छ। यसको आशय के हो भने इतिहास र पुुराणको समेत परिशीलन गरेर वेदको व्याख्या गर्नुुपर्छ। आर्य अर्थात् सनातन धर्मावलम्बीका जन्मदेखि मृत्युुसम्मका संस्कार र मृत्युुुपछिका काजक्रिया, श्राद्ध एवं तिथि पर्व, मेला, महोत्सव, जात्रा, रीतिथितिलगायत सम्पूूर्ण धर्मकर्म प्रायः वेदकै पावन मन्त्रद्वारा सम्पन्न गरिन्छन्।  संस्कार र धर्मकर्मका मूूल स्रोत वेद नै हुुन्।

वेदले सूूक्ष्म रूपमा उल्लेख गरेका कुुरालाई उपनिषद्, पुुराण, धर्मशास्त्र, कर्मशास्त्र, नीतिशास्त्र, आचारशास्त्र, व्यवहारशास्त्र आदिले विस्तृत रूपमा बुुझाउँछन्। प्राचीन घटना, विधि–विधान, परम्परालाई समाजोपयोगी उदाहरणसहित रोचक रूपमा कथा, उपकथा, आख्यायिका, परिसंवाद आदि माध्यमले अगाडि राखिदिएर समाजलाई समुुन्नत, सभ्य, सुुन्दर बनाउँदै आपसी समन्वय, सद्भाव, सहअस्तित्व र समझदारीपूूर्ण सहयोग एवं सहजीवनको प्रेरक बनाउने पुुराण नै हुुन्। पुुराण साहित्यलाई विश्वकै उत्कृष्ट साहित्य र साझा सम्पदा मानिन्छ। ४ वेदका उपवेद, अंग र उपअंग सबैजसोमा कतै न कतै सूूत्रका रूपमा पुुराणका कथा वा सृष्टिका प्रसंग पाइन्छ। यसैले वेदका ४ भाग– मन्त्र, ब्राह्मण, आरण्यक र उपनिषद्हरूमा सूूक्ष्म रूपमा उल्लेख भएका कतिपय प्रसंगलाई नै पुुराण र इतिहास ग्रन्थको बीज मानिन्छ।

ब्राह्मण ग्रन्थमा इतिहास र पुुराणलाई वेदका अभिन्न अंग अर्थात् वेदकै रूपमा लिएको देखिन्छ। इतिहास र पुराणलाई वेद नै भनिएकाले ‘इतिहास पुुराणं च पञ्चमो वेद मुुच्यते’ पनि भन्ने गरिन्छ। ऋग्वेदको दसौं मण्डलको ३९औं सूक्तको चौथौ मन्त्र ‘युुयं च्यवानां’ मा सुुकन्या र च्यवनको कथाको संकेतका साथै शुुक्ल यजुुर्वेदमा देवासुुर संग्रामको प्रसंग पहिलो अध्यायको ‘पुुरा क्रूूरस्य’ भन्ने मन्त्रले ‘देवस्यत्वा र वृत्रतूर्ये प्रोक्षितास्थ कुुक्कुुतो सि’ आदि अनेकौं मन्त्रले संकेत गरेबाट वेदले इतिहास पुुराणका कुुरा पनि सूत्रका रूपमा समेटेकै पाइन्छन्। त्यसैले पनि इतिहास र पुुराणद्वारा वेदार्थ विस्तार र व्याख्या गरिएको हो भन्ने तथ्य पुुष्टि हुुन्छ। यस क्रममा कृष्ण यजुुर्वेदको मैत्रायणी संहिताले पुुराण र नवशब्दलाई एकै मन्त्रमा समेटेर पुुरानो कुुरालाई नयाँ कुुराको प्रयोग गरी आदानप्रदान वा अदलबदल गर्दै रहूँ भन्ने सन्देश समेत दिएको देखिन्छ।

भर्तृहरिमा भनिएको छ– पुुुरानो भन्दैमा सबै राम्रो हुुन्छ भन्ने हुुँदैन। मान्छे बूढो भयो भन्दैमा असलै हुुन्छ भन्न मिल्दैन। हो, कतिपय कुुरा पुुरानो भएपछि राम्रो हुुँदैन, तर नयाँ भन्दैमा राम्रो नै हुुन्छ भन्ने पनि छैन। यस्ता विषयलाई सन्त र सज्जनले परीक्षणका आधारमा मात्रै छुुट्याउनुपर्ने हुन्छ।

श्रीमद् भागवत्को चतुुर्थ स्कन्ध १।४३–४५ अनुुसार कर्दम र देवहुुतीकी छोरी ख्यातिलाई महर्षि भृगुुले विवाह गरे। भागवत्कै तृतीय स्कन्ध ३।२४।२३ अनुुसार महर्षि भृगुुका २ चोरा १ छोरी गरी ३ सन्तान भए। छोराहरू धाता र विधाताले महर्षि मेरुकी छोरीहरू क्रमशः आयाती र नियातीसँग विवाह गरे। आयातीबाट धाताले मृकण्ड नामका पुुत्र र विधाताले नियतीबाट प्राण नामका पुुत्र जन्माए। भृगुुकी छोरी श्री (रमा)ले तपस्या गरी श्रीविष्णुुलाई भनेर उनकै पत्नी बनिन्। श्रीले कामदेव नामका छोरा पाइन्। पछिल्लो जन्ममा पनि उनी भगवान् नारायणले जुुन अवतार लिए त्यसबेला क्रमशः रामावतारमा सीता र कृष्णावतारमा रुक्मिणी भएर उनकै पत्नी बनिन्। उनै मृकण्डुुका पुुत्र मार्कण्डेय बाल्यकालमै आयुु सकिने थाहा पाएर भगवान् महामृत्युुञ्जयका कृपाले चिरञ्जीवी भएका थिए।

मानिसलाई असल कर्मतिर प्रवृत्त गराउन (क) ऐन–कानुनको डर वा (ख) प्रेरक नैतिक प्रसंग, असल मान्छेका इतिहास र कर्तव्याकर्तव्यका विषय बुुझाउनुपर्ने हुुन्छ। आधुुनिक भौतिक हुँ भन्नेलाई ऐन–कानुनको डर देखाएर असत्कर्मतिर नलाग्न सूूचित गरी बाध्य बनाइन्छ। नैतिक व्यक्तिलाई नीति, दर्शन र प्रासंगिक उदाहरणबाट ठीक बाटोमा ल्याउन सकिन्छ। मनुुष्यत्व बुुझेको मानवलाई धर्म, अर्थ, काम, मोक्ष र कर्तव्याकर्तव्यको उपदेशबाट सामाजिक महत्व बुुझाउन सकिन्छ। पहिलो– संगतले व्यक्तिलाई महामानव बनाउन सकिन्छ। संगतको महत्व बुुझ्नेबित्तिकै ऊ कहिल्यै पनि असंगत र अकर्तव्यतिर लाग्दैन। अकर्तव्यमा नलाग्नुु नै अमरत्व र देवत्वतिरको यात्रा थाल्नुु हो। दोस्रो– बाटो भनेको पुुराणको श्रवण, अनुुशीलन र मनन हो।

अन्तमा, के बुझ्नु बुद्धिमानी हो भने पराम्परा र शास्त्रीय मर्यादाको पालना गर्ने चलन त्यसै चलेको होइन, यसमा वैज्ञानिक, व्यावहारिक, नैतिक आधार छन्। यो कुरा नबुझीकन लहैलहैमा लागेर परम्परा, विद्या र संस्कार छाड्दा जीवनमा अप्ठेरा आउन सक्छन्।
(जयतु संस्कृतम्का अध्यक्ष पोख्रेल अठारै पुराणको अध्यायगत सारांश लेख्दै छन्।)

प्रकाशित: १४ फाल्गुन २०७६ ०५:२९ बुधबार

पुराण महत्व