विचार

समृद्धिको छेकबार

लोकतन्त्रमासञ्चारको महत्व रहन्छ नै। यो कसैलाई सुनाइरहनुपर्ने कुरै हैन। तर आवश्यकताभन्दा माथिको सञ्चारले चाहिँ आफैँलाई गलत मार्गतर्फ फसाउँछ भन्नेमा पनि दुई मत छैन।सम्झना आउँछ– महिनौँअघि लेखिएको चिठी हुलाकी दाइले ल्याएर बुझाउँदा गाउँभरिका मानिसले सुन्थे। कस्तो मजा आउँथ्यो सुन्ने र सुनाउने दुवैलाई। फलेर झारिएको अम्चुरोमात्र हैन,करेसाबारीका कटहर, केरा, बेलौतीमात्र पनि हैन,बियाउती, मोही आदि पनि बाँडेर खाँदा कम्ता मजा आउँथेन।भन्न खोजिएको कुरा त्यतिबेला सामाजिक मूल्य÷मान्यता बलियो थियो। जसलेसबैलाई एकतामा ल्याउन चुम्बकको काम गरेको थियो। यसमा चिठीपत्र जस्ता सञ्चारको पनि भूमिका धेरथोर थियो।

तर आज जमाना फेरियो। बगैँचामा फलेको केरा होस् कि आँप,साग होस् कि सिस्नो, व्यापारीलाई बेचिन्छ। आफन्तलाई दिनुप-यो भने कुहिएकोतिर हात लम्कन्छ। आफ्नो औकात, हैसियत र जिम्मेवारीअनुसारको काम सबैको हुन्छ। तर यो बिर्सँदैगएका छौँ। अरुको छोराको विवाहको कुरा चलाउन सजिलो हुन्छ। आफ्ना छोरालाई अरुकी छोरी माग्न मुस्किलै पर्छ। अर्थात मध्यस्थकर्ता चाहिन्छ। त्यो पनि गतिलै।त्यसैले आदरणीय नेताहरूको कुरा सामाजिक सञ्जालमार्फत काट्न र उनीहरूलाई उडाउन सजिलो भएको छ। अर्थात अहिले त कामै त्यही भएको छ धेरैको। जे लाग्यो त्यही लेख्ने। यो कसैका लागि पनि राम्रो हैन।

केही दिनअगाडि प्रधानमन्त्री बिरामी भए।सामाजिक सञ्जालवालाहरू त्यतिबेला पनि उनलाई गाली गर्न छाडेनन्। निकै गलत प्रचारबाजी गरियो। भोलिहामी आफैँ पनि त्यही अवस्थामा पुग्दैनौँ र ? बरु उनले पदीय दुरुपयोग गरेको भए वा नचाहिँदो काम गरेको भए त्यसका आधारमा पो आलोचना गर्ने त। त्यो पनि सचेत गराउन। हामी त अहिले पूरै कानुन हातमा लिएर आफूलाई लागेको कुरामात्र सय प्रतिशत सही हो भन्ने दाबीसाथ प्रस्तुत भइरहेका छौँ। के यो सामाजिक सञ्जालको दुरुपयोग हैन ? सञ्चारको महत्वपूर्ण माध्यमलाई कसैको स्वार्थ पूरा गर्नेगरी प्रयोग गरिँदा हामी कुन गन्तव्यमा पुग्छौँ होला ? एकपटक गम्भीर भएर सोच्ने कि ?

हामी नेपाली यतिखेर हाम्रा नेता, कार्यकर्तालाई सम्मान, उत्प्रेरणा, हौसला दिने हैन, सुझाव दिने हैन, कसरी खुत्ल्याउन सकिन्छ भनेर हातै धोएर लागिपरेका छौँ। सकभर उनीहरूको बेइज्जता गराउन तल्लीन छौँ। यो समाज विकास र समृद्धिका लागि हानिकारक छ। हानिकारक यस कारण कि सबै नेता खराब छैनन्। सबै कार्यकर्ता चोर हैनन्। सबै उच्चपदस्थ कर्मचारी वा संवैधानिक पदाधिकार फटाहा हैनन्। तर हामीले सबैलाई एउटै डालोमा हालेर सामान्यीकरण गरिदियौँ। जसले गर्दा सिंगो जमात अन्यायमा परिरहेको छ। गर्न चाहनको मनोबल पनि गिरिरहेको छ। यस्तो यात्राले हामीलाई कहीँ पनि पु-याउँदैन।

काँडाको बोटमाकाँडै फल्छन्।किप रोपेर सुन्तलाको आश गर्नु वाग्मतीमा खसेको झोला विष्णुमतीमा खोज्नु जस्तै हो।हामी अहिले नेता तथा शासकहरूको मानमनितो गरेर के रोपिरहेका छौँ ? अवश्य हो, नचाहिँदा कुराको आलोचना गर्नुपर्छ। यस्तै आलोचनाका कारण कतिपय निर्णय सच्चिएका पनि छन्। तर के सबै निर्णय र काम÷कारबाही गलतै भएका छन् त ? सामाजिक सञ्जालको दुरुपयोग गर्न खप्पिस केही मानिसलाई मन नपरेकै कारण वा उनीहरूको स्वार्थ पूर्ति नभएकै कारण शासनसत्ता सञ्चालकबाट भएका सबै काम विरोधयोग्य नै छन् भन्न मिल्छ ?वास्तवमा यी सबै कुराले हामीलाई समृद्धिबाट रोक्छ। चेतना भया।

 

प्रकाशित: ४ पुस २०७५ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App