विचार

यसरी रोक्न सकिन्छ यौन अपराध

यौनजन्य दुव्र्यवहार तथा अपराधका कुराहरू अधिक मात्रामा सुनिन थालेका छन् । एकपछि अर्को गर्दै, नेपालमा मात्र नभएर विश्वमै यी विषयका दुर्घटनाहरू खुलेआम बाहिर आउन थालेका छन् । यस्तोमा सञ्चार माध्यममा सनसनीपूर्ण तरिकाबाट प्रस्तुत हुने यी समाचारप्रति सञ्चार माध्यमकै बहावमा बगेर प्रतिक्रियात्मक हुन त सजिलै छ, धेरै भएका पनि देखिन्छन् तर यी घटनालाई बुझेरे जरासम्म पुग्ने र समाधानतर्फ अग्रसर हुनेखालका कार्य खासै देखिंँदैनन् । यस्ता घटना रोक्नका लागि हरेक हरेक व्यक्ति र परिवार सचेत र जागरुक हुन उत्तिकै जरुरी छ । साथै निम्न निकाय वा पक्षले लिनुपर्ने जिम्मेवारी र भूमिकालाई अझ सशक्त बनाउनुपर्ने जरुरी देखिन्छ।

प्रशासन : राज्यको पहिलो उत्तरदायित्व भनेकै नागरिकको जीउधनको सुरक्षा गर्नु हो । यसमा राज्यका निकाय, खासगरी प्रहरीको भूमिकामाथि नै प्रश्नचिह्न उठ्नु र त्यसमा चित्तबुभ्mदो कदम नचालिनु लोककल्याणकारी राज्यका लागि चिन्ताको विषय भएको छ । रक्षक नै भक्षक हुन् कि भन्ने भयले जनमानसलाई आक्रान्त पार्दै लग्यो भने सबल, सक्षम र भयरहित समाज निर्माण कोरा कल्पनामात्र हुन सक्छ । त्यसैले प्रश्न उठ्न नदिनेगरी काम गर्ने र उठेका प्रश्नलाई तार्किक निष्कर्षमा पु-याउन सकेमा मात्र प्रशासनप्रतिको विश्वास र भरोसा बढ्छ । प्रशासनलाई सक्षम, जिम्मेवार र प्रभावकारी बनाउन राजनीतिक नेतृत्वको भूमिका अझ महŒवपूर्ण हुन्छ । निहित स्वार्थबाट माथि उठेर आमनागरिकका पक्षमा प्रशासनलाई सुदृढ गर्न नेतृत्वले खुट्टा कमाउनु हुँदैन।

सञ्चार माध्यमको भूमिका : घटनाको सत्य तथ्य उजागर गर्नु आमसञ्चार माध्यमको प्रथम कर्तव्य हो । तर त्यस क्रममा दिइने तथ्य, तस्बिर र विवरणले आममानिसमा के/कस्तो नकारात्मक असर पर्न सक्छ भन्नेतर्फ ध्यान पु-याउन पनि उत्तिकै महŒवपूर्ण छ । हिंसाबाट पीडित व्यक्ति सञ्चार माध्यमबाट थप पीडित नहोस् भन्नका लागि ती माध्यम संवेदनशील हुनु जरुरी छ ।एक अखबारमा बालिकाको बलात्कार भएको खबर उनको स्कुल परिचयपत्रसहित छापिएको पनि पाइयो । के यसले उनी र उनका परिवारमाथि थप पीडा थप्दैन? समाचार दिँदा सञ्चार माध्यमले यस्ता पक्षप्रति हेक्का राख्न सक्नुपर्छ।

बलात्कारका घटना मनोरञ्जन हुन र? यस्तो संवेदनशील विषयमा सञ्चार माध्यमले किन सनसनीपूर्ण तरिकाले समाचार बनाइरहेको हुन्छ? अपराधी नभेटिए सम्भावित अपराधीको मनोबल बढ्दैन? यी र यस्ता पेचिला प्रश्नप्रति सञ्चार माध्यम संवेदनशील बन्न सकेनन् भने समाजलाई सही गति दिन सकिंँदैन । त्यसैले सञ्चार माध्यमहरू यस्ता विषयप्रति संवेदनहीन बन्न सक्नुपर्छ।

आजको दिनमा सञ्चार माध्यम हाम्रो जीवनको अभिन्न अंग बनिसकेको छ । अझ, सञ्चार माध्यमलाई लोकतन्त्रको चौथो अंग मानिन्छ । लोकतन्त्रमा अधिकारमात्र होइन, कर्तव्य पनि हुन्छ र कर्तव्यभन्दा पनि ठूलोजिम्मेवारी हुन्छ भन्ने सञ्चार क्षेत्रले भुल्नुहुँदैन। समस्या र कमीकमजोरीका दोष राजनीतिक नेतृत्वकर्ताहरूको काँधमा थोपर्नु आफ्नो कर्तव्यबाट च्युत हुनु हो भन्ने कुरा पनि भुल्नुहुँदैन । तर अधिकांश सञ्चार माध्यममाजिम्मेवारी कम र मुनाफाकै सोच ज्यादा देखिन्छ । भन्नेले भन्लान्, लोकतन्त्रको साथसाथै यो मुनाफाको युगपनि हो त्यसैले मिडियाले जे बिक्छ त्यही छाप्छ । तर के पनि सम्झनुपर्छ भने के बिक्ने हो त्यो पनि त मिडियाको छपाईमा निर्भर न गर्छ।

अभिभावक : भनिन्छ घर पहिलो पाठशाला हो र अभिभावक प्रथम गुरु पनि । यौनजन्य अपराध वृद्धिमा आमाबाबुबाट समयमै शिक्षा कम हुनु तथा आमा/बुबालगायत अभिभावकबाट मर्यादित कार्यहरू नहुनु पनि कारण हुन सक्छ । अपराधी होस् या पीडित, सानो उमेरमा देखेको कुरा सिक्ने हो । शिक्षा दिनमा हुन सक्ने कमजोरी त छँदैछ तर त्यसमाथि यदि अभिभावकबाट अमर्यादित कार्यहरू भए भने त्यसले बाल मस्तिष्कमा गहिरो चोट पर्छ । आजको युगमा स्वतन्त्रताका विभिन्न परिभाषा छन् तर आफ्ना स्वतन्त्र कार्यले बालबालिकामा के/कस्तो असर पारिरहेको छ भन्ने पनि ख्याल गर्नुपर्छ।

शैक्षिक प्रणाली : शैक्षिक प्रणाली र पाठ्यक्रममा सुधार ल्याएर पनि यौनजन्य अपराध हटाउन वा न्यूनीकरण गर्न सकिन्छ । साथै शिक्षक/शिक्षिकाको प्रत्यक्ष/अप्रत्यक्ष क्रियाकलापले पनि विद्यार्थीमा सही मनोविज्ञान विकास गर्न मद्दत पु-याउँछ । यस्तोमा शिक्षक/शिक्षिकाले आफ्ना छात्रा/छात्रसँग गर्ने व्यवहार, शारीरिक प्रस्तुतिले पनि धेरै भूमिका खेलिराखेको हुन्छ । विद्यालयमा आयोजना हुने कार्यक्रमका विषयवस्तु, पहिरन, इत्यादिमा लचिलो र अत्यधिक उदारवादी भइयो भने त्यसले कतै उल्टो असर त गर्दैन भन्नेतर्फ उत्तिकै सचेत हुन जरुरी छ।

संस्कृति : नेपाली संस्कृति पाश्चात्य संस्कृतिभन्दा बेग्लै छ र यौनलाई हेर्ने दृष्टिकोणदेखि लिएर पहिरनसम्म, कलाको विषयवस्तुदेखि लिएर सामाजिक जमघटसम्म हाम्रो धेरै नै फराकिलो दूरी छ । विश्वव्यापीकरण भन्दैमा पाश्चात्य संस्कृतिलाई अन्धाधुन्ध नक्कल गर्दा सामाजिक असन्तुलन पैदा हुन्छ । त्यसैले आदर्शवादी हुनुभन्दा पनि व्यावहारिक  हुनु उचित हुन्छ।

निष्कर्ष : यौन हिंसाका घटना नियन्त्रण गर्न समाजलाई जागरुक बनाउन सबै तह र तप्काबाट व्यापक प्रयास आवश्यक छ । अहिले भइरहेका प्रयास ज्यादै नै अपर्याप्त छन् । त्यसैले सतत प्रयासको खाँचो टड्कारो छ । यौनजन्य अपराध बढ्नुमा एउटामात्र नभई विविध पक्ष जिम्मेवार छन् । यौन शिक्षाको अभाव, आमाबाबुबाट समयमै उचित शिक्षाको अभाव, इन्टरनेटमा, अश्लील सामग्रीहरू सहजरूपमा पहुँच हुनु, किशोर–किशोरीमा सजगता कम हुनु, मादक पदार्थ सेवन बढ्नुजस्ता अनगिन्ति कारण यौनजन्य हिंसापछाडि हुन सक्छन् । ती कारणको उचित पहिचान गरी शिक्षा, सञ्चार माध्यम, अभिभावक र परम्परा र संस्कृति मनाउने सन्दर्भमा योजनाबद्ध ढंगले उचित परिवर्तन ल्याउन सकेमा ती घटना न्यूनीकरण गरी  सभ्य समाजतर्फ अग्रसर हुन सकिन्छ।

कुनै एउटा संस्थाले एकपटक छलफल कार्यक्रम आयोजना गरेर समस्याको समाधान हुने होइन। सरोकारवाला निकाय सबैले आ–आफ्नो ठाउँबाट यौनहिंसाविरुद्धको अभियान सुरु गर्नुपर्छ। बालबालिकालाई सानैदेखि यौनशिक्षा दिनु उपयुक्त हुनसक्छ । सजायमात्रै बढाएर वा दोषीलाई फाँसी नै दिए पनि समस्याको समाधान हुँदैन । चेतनाको स्तर बढाइ जिम्मेवार नागरिक बनाउन सक्नुपर्छ। घर, परिवार, विद्यालय, सरकारी निकाय, आमसञ्चार माध्यम, अधिकारीकर्मी सबैले आ–आफ्नो स्थानबाट अभियान सञ्चालन गर्नुपर्छ।

राज्यको पहिलो उत्तरदायित्व भनेकै नागरिकको जीउधनको सुरक्षा गर्नु हो । नेतृत्वमा रहनेहरूको प्रभाव समग्र समाजमा पर्ने भएकाले राज्यका जिम्मेवार व्यक्तिहरूले बोलेका भनाइ पनि त्यत्तिकै गम्भीर हुनुपर्छ । आफूले बोलेका कुराले समाजमा के/कस्तो असर पार्छ वा के/कस्तो मनोविज्ञान सिर्जना गर्छ भन्ने कुराप्रति नेतृत्व पंक्तिमा रहनेहरू सदैव चनाखो हुनुपर्छ । बोलेरमात्र होइन, नीति निर्माण, कानुन कार्यान्वयन, प्रशासनको प्रभावकारी उपस्थिति र योजनाबद्ध कार्यक्रम कार्यान्वयनका लागि उचित कदम चाल्नु अपरिहार्य छ।

प्रकाशित: ३० कार्तिक २०७५ ०३:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App