विचार

नेपालमा कम्युनिस्ट अधिनायकवाद आउँछ?

शनिबार, भदौ २ गते भृकुटीमण्डपस्थित पर्यटन बोर्डको सभाहलमा दुर्गा सुवेदीद्वारा लिखित‘विमान व्रिदोह : एउटा राजनीतिक अपहरणको बयान’बारे अन्तरसंवाद कार्यक्रम थियो। कार्यक्रममा उपस्थित भएर मैले नेपालको दुई विपरित वैचारिक पृष्ठभूमिमा टेकेर इतिहास निर्माण गरेका युगनायकहरूको संवाद सुन्ने अवसर पाएँ । यी थिए पूर्व प्रम बाबुराम भट्टराई र दुर्गा सुवेदी। पूर्व प्रम बाबुराम र पूर्व कांग्रेसी दुर्गा सुवेदी नेपाली राजनीतिको त्यो पाठशालाका विद्यार्थी हुन् जुन कालखण्डमा शीतयुद्धले सम्पूर्ण विश्व विभाजित थियो, नेपाल पनि विभाजित थियो । एउटा धु्रवको नेतृत्व सोभियतसंघले गरेको थियो भने अर्को धु्रवको अमेरिकाले।

सन् पचासको दशकमा माओको नेतृत्वमा चीनमा भएको क्रान्ति र त्यसको झण्डै दुई दशकपछि भएको भियतनाम युद्धले नेपालको राजनीतिक नक्शा नै परिवर्तन ग¥यो । नेपालका युवाहरूको माक्र्स,लेनिन, माओ,हो चि मिन्ह र चे ग्वेवारा जस्ता कम्युनिस्ट आदर्श भए । दक्षिण एशियामा सशक्त कम्युनिस्ट प्रभावमा पर्ने एकमात्र देश नेपाल भयो ।नेपालकोनिरंकुश राजतन्त्र कम्युनिस्टमैत्री थियो भनिन्छ । कम्युनिस्ट विचार र प्रचारप्रसारलाई लोकतन्त्र रोक्ने माध्यमका रूपमा दरवारका भारदारले प्रयोग गरेको उदाहरण बिपी कोइरालाले कैयन् पटक दिए । नेपालको लोकतान्त्रिक आन्दोलनमा लाग्ने युवाहरूभनेकुनै देशविशेष र अन्तर्राष्ट्रिय घटनाभन्दा पनि बिपी कोइरालाको चामत्कारिक व्यक्तित्वबाट प्रभावित भएर कांग्रेसमा लागे । यिनै दुई धु्रवमा विभाजित राजनीतिक विचारधारालाई नेपालमा कांग्रेस र कम्युनिस्ट नामले चिनियो।

सत्ता आरोहणपछि कांग्रेस र कम्युनिस्टको नीतिगत पहिचान बुझ्नै नसकिने गरी सामञ्जस्यता आयो। को वामपन्थी ? को मध्यमार्गी र को दक्षिणपन्थी भनी यी दलबीच विभेद गर्न सक्ने कुनै पहिचान नै बाँकी रहेन।

नेपालमा कम्युनिस्ट र कांग्रेसको नाममा स्कुल, कलेज, विश्वविद्यालय, टोल, गाउँ गल्ली र सहरमा भिडन्त हुन्थे सत्तर र असीको दशकसम्म । यस्ता भिडन्त हिंसक हुन्थे– दुर्गा सुवेदी र बाबुराम भट्टराईले पुस्तक विमोचन कार्यक्रममा स्मरण गरे ।बीसौँ शताब्दीको अन्ततिर ‘शीतयुद्धको विम्ब’ झैँ भएर उभिएको बर्लिनको पर्खाल ढल्यो । चीनले कम्युनिस्ट पार्टीकै नेतृत्वमा उदार पुँजीवादलाई अंगीकार ग-यो र नेपालमा पनि राजाको निरंकुशताविरुद्ध कांग्रेस र कम्युनिस्टको मोर्चाबन्दी भयो । त्यसउप्रान्त कांग्रेस र कम्युनिस्टको नाममा हुने भिडन्त क्रमशः शिथिल भयो। विश्व परिवेशमा आएको परिवर्तन र नेपालमाथि त्यसले पारेको प्रभावकाकारण नेपालका कांग्रेस र कम्युनिस्ट मिलेर निरंकुश राजतन्त्रविरुद्ध दुईपटक सफल आन्दोलन गरे । आन्दोलनबाट प्राप्त सफलताको पृष्ठभूमिकै कारण यी दल सत्तासीन भए । राजनीतिक दलहरूको सत्तामा पुग्ने यात्राको प्रमुख वैधानिक बाटो आन्दोलन नै हुन्छ र त्यसलाई निर्वाचनले प्राविधिकरूपमास्वीकार्य पार्छ।

सत्ता आरोहणपछि कांग्रेस र कम्युनिस्टको नीतिगत पहिचान बुझ्नै नसकिने गरी सामञ्जस्यता आयो । को वामपन्थी ? को मध्यमार्गी र को दक्षिणपन्थी भनी यी दलबीच विभेद गर्न सक्ने कुनै पहिचान नै बाँकी रहेन । सबै सत्तावादी भए ।कांग्रेसलाई मध्यमार्गी पार्टी भनी चिनिन्थ्यो२०४६ सालको परिवर्तनपछि । र, त्यसको प्रतीक गणेशमान र कृष्णप्रसाद भट्टराई भए । बिपी कोइरालाले पचासको दशकदेखि सत्तरीको दशकको अन्तसम्म मध्यमार्गी बाटो लिए । जीवनको उत्तरार्धमा राजतन्त्रसँग लिएको मेलमिलापको बाटोले दक्षिणपन्थी झुकावको मध्यमार्गको बाटो लिएको भनी बुझिन्छ। बिपीको यही दक्षिणपन्थी मध्यमार्गले बाबुराम भट्टराई उग्रवाममार्गमा हिँडेको स्वीकारोक्ति पुस्तक अन्तरसंवादमा गरे। बाबुरामझैँ कति युवा कांग्रेसको दक्षिणपन्थी मध्यमार्गको बाटोले वामधारमा गए यो अध्ययन र अनुसन्धानकै विषय हो। एमालेलाई मध्यमार्गबाट देव्रेतिर ढल्केको वाममध्यमार्गी दल भनी चिनियो र त्यसको प्रतीक मनमोहन अधिकारी र मदन भण्डारी भए । पूर्वपञ्चहरूको पार्टीलाई दक्षिणपन्थी भनी चिनियो र त्यसको प्रतिनिधि पात्र सूर्यबहादुर र लोकेन्द्रबहादुर चन्द भए । यसैक्रममा उग्रवाम दल भनी माओवादी पार्टीको उदय भयो र त्यसको प्राधिकार प्रचण्ड भए । पहिचानको राजनीतिबाट उग्र दक्षिणपन्थी मधेसकेन्द्रित दलहरूको तराईमा उदय भयो र त्यसको प्रतीक भए उपेन्द्र यादव।

नेपालमा मात्र होइन, विश्व परिवेशमा पनि कैयन् परिदृष्य अगाडि आए ।वैचारिक र नीतिगत विभाजनका रेखाहरू राजनीतिक दलहरूको शिथिल भएर गयो । निरंकुश राजतन्त्र, संवैधानिक राजतन्त्र, तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशतन्त्र वा अधिनायकवाद, कांग्रेसको लोकतान्त्रिक समाजवाद हुँदै उदार पुँजीवाद, माओवादको सर्वाधिकारवाद अर्थात टोटालिटेरियन रिजमको दबाब, सबैथरीका कम्युनिस्टहरूको साम्यवादको सपना हुँदै अहिले नेपाल संवैधानिकरूपमा लोकतान्त्रिक समाजवादमा रेस्ट गर्न पुगेको अवस्था छ । अब यहाँबाट कता जाने ? लोकतान्त्रिक आन्दोलनका चिन्तक प्रदीप गिरी नेपाल एक्लैले अगाडिको यात्रा तय गर्न सक्तैन तसर्थ विश्व परिवेश र भूराजनीतिलाई बुझेर अगाडि बढ्न जरुरी छ भनी झापाको एउटा कार्यक्रममा केही महिनाअगाडि भन्दै  थिए ।  तर जब जब पार्टी र देशमा संकट आउँछ  त्यो अवस्थामा दलहरूआफ्नो विगतमा फर्कन्छन् । इतिहास स्मरण गर्छन्, आफ्नो विचार र विगतको गौरवगान गाउँछन् । आफ्नो वैचारिक श्रेष्ठताको अहंकारमा आरोप/प्रत्यारोपमा उत्रन्छन् । अहिले त्यही भइरहेको छ नेपालमा । अहिले यही भइरहेको छ अमेरिकामा र पश्चिमा जगतमा।

जब जब पार्टी र देशमा संकट आउँछ  त्यो अवस्थामा दलहरू आफ्नो विगतमा फर्कन्छन्। इतिहास स्मरण गर्छन्, आफ्नो विचार र विगतको गौरवगान गाउँछन्। आफ्नो वैचारिक श्रेष्ठताको अहंकारमा आरोप/प्रत्यारोपमा उत्रन्छन्। अहिले त्यही भइरहेको छ नेपालमा । अहिले यही भइरहेको छ अमेरिकामा र पश्चिमा जगतमा।

नेपाली कांग्रेसका नेता भन्छन्–‘वैचारिकरूपमा कम्युनिस्टहरू अधिनायवादी हुन्छन् र यिनको लोकतन्त्रप्रति निष्ठा छैन ।’ अर्थात अहिलेको कम्युनिस्ट ब्यानरमा निर्माण दुईतिहाइ सरकारबाट लोकतन्त्र समाप्त हुन्छ र नेपालमा अधिनायकवादी सरकार आउँछ । यस्तो होला ?के हो यो अधिनायकवादी सरकार भनेको ? कस्तोलाई भनिन्छ र कसरी अधिनायकवादी सरकार आउँछ? अधिनायकवादी सरकार एउटै व्यक्ति वा पार्टी र केही व्यक्तिद्वारा गरिने शासनसत्तालाई बुझाउँछ । यो गैरलोकतान्त्रिक हुन्छ । बिनानिर्वाचन वा राज्यले निर्वाचनको नाटक मञ्चन गरी शासनलाई वैधानिकता दिने काम हुन्छ । यसरी प्राप्त सत्ता मनमानी ढंगले चल्छ । त्यसैले अधिनायकवादी सरकारलाई ‘सत्तावादी सरकार’ पनि भनिन्छ । के अहिलेको नेपाल सरकार निर्माणको प्रक्रिया त्यही हो र ?अधिनायकवादमाजनताको सहभागिता शून्य वा न्यून हुन्छ । अभिव्यक्ति स्वतन्त्रता रहन्न । उदाहरणका रूपमा पिपुल्स रिपब्लिक अफ चीनको सत्तालाई लिन सकिन्छ । के नेपालमा आज अभिव्यक्ति स्वतन्त्रता कुण्ठित छ ? प्रश्न उठ्न सक्छन् र कांग्रेसले वैचारिक युद्धको तयारी गर्दा प्रष्टताको जरुरी हुन आउँछ।

ऐतिहासिकक्रममा हेर्दा ‘सत्तावादभन्दा सर्वाधिकार सत्तावाद’ जसलाई अंग्रेजीमा ‘टोटालिटेरियन रिजिम’ भनिन्छ कम्युनिस्ट दर्शनअन्तर्गतको राज्य हो । यो त्यस्तो राज्य हो जहाँ नागरिक जीवनको प्रत्येक पक्षमा नियन्त्रण र निर्देशन गरिन्छ राज्यबाट । वैचारिक असहमतिको यसमा सामान्य पनि ठाउँ रहँदैन । असहमति हत्या नै गरिन्छ राज्यबाट ।कांग्रेस नेताहरूले संभवत नेपालको वर्तमान कम्युनिस्ट शासन‘लोकतान्त्रिक सत्तावादबाट सर्वाधिकारसत्तावाद’ तिर लम्कन्छ भनी विपक्षी धर्म निभाएका होलान् । यदि त्यस्तो होइन र वर्तमान सरकार ‘सत्तावादतर्फ’ अगाडि बढेकै हो भने त्यसका लागि वैचारिक बहसपूर्व विगत तीन दशकको कांग्रेस कम्युनिस्ट एकताको कांग्रेसले पुनर्मूल्यांकन गर्नुपर्ने हुन्छ। खासगरी नेपालका कम्युनिस्टलाई हेर्ने विगत, वर्तमान र भविष्यको दृष्टिकोणमा प्रष्टता चाहिन्छ कांग्रेसको।

झण्डै तीन दशकपछि नेपालमा वैचारिक हलचल कांग्रेसले सुरु गरेको छ । जमिरहेको पोखरीमा कांग्रेस नेताहरूले २० शताब्दीको विचारको ढुंगा फालेर देशको राजनीतिलाई तरंगितमात्र पारेका छैनन्, कम्युनिस्ट सरकार विपक्षीले काम गर्न नसक्ने वातावरण बनायो भनी आरोप लगाउन पनि बाध्य भएको छ । प्रश्न छ– कम्युनिस्ट दुईतिहाइको सरकार अधिनायकवादतर्फको यात्रातर्फ अग्रसर छ भन्ने कुरामा सत्यता कति छ? वा कांग्रेसको यो आरोप सत्ता कम्युनिस्टको हातमा गएको कुन्ठाबाट सिर्जित प्रतिक्रियामात्र हो ?कुनै पनि वाद र द्वन्द्वबाट नेपाललाई अलग राख्दै समृद्धिको बाटोमा लैजानुको विकल्प नरहेको बाबुराम भट्टराई र दुर्गा सुवेदीका विचारहरू भृकुटीमण्डपको कार्यक्रममा अगाडि आए । वास्तवमा बीसौँ शताब्दी विभिन्न वादको द्वन्द्वबाट अगाडि बढेझैँ२१ औँ शताब्दीको विश्व अर्थराजनीति ‘ग्लोबलविरुद्ध लोकल’ झैँ भइरहेको छ । अमेरिका, युरोप, पूर्वी एशिया, अफ्रिका सर्वत्र भूमण्डलीकरण र उदारीकरणको विरोध सुरु भएको छ । सबै आफ्नै देश र देशबासीको समृद्धिको मात्र चिन्तामा छन् । सबै लोकल हुनेक्रममा छन्।

अमेरिका भूमण्डलीकरण र उदार पुँजीवादको नेतृत्वदायी भूमिकामा थियो, अब रहेन। अमेरिकी प्रेसिडेन्ड डोनाल्ड ट्रम्प लोकल राजनीतिको अभियन्ता भइरहेका छन्भने चीन अमेरिकाको विरोध गर्दै ग्लोबल अर्थराजनीतिको नेतृत्व गरिरहेको बुझिन्छ । उदारीकरणले चीन र भारतलाई मात्र आर्थिक फाइदा भएको र पश्चिमा जगतले रोजगरी र व्यापारमात्र गुमाएको होइन, समृद्धि पनि धरापमा परेको निष्कर्ष निकालेका छन् । संसारको सोच परिवर्तन भयो, भइरहेकै छ । यो पृष्ठभूमिमा नेपाल र यहाँका दल परिवर्तन होलान्? यस्तो अवस्थामा नेपालले कुन लोकलवा ग्लोबल बाटो राज्ने र समृद्धिको यात्रा गर्ने?नेपाली समाजमा बीसौँ शताब्दीको राजनीतिक विचारको धङधङ्ती प्रशस्त छन् । पार्टीहरूमा मात्र होइन, आमनागरिकमा पनि बीसाैँ शताव्दीको विचारले संमोहन गरेको छ।

वामपन्थी, उग्रवामपन्थी, मध्यमार्गी, वाममध्यमार्गी, दक्षिणपन्थी, उग्रदक्षिणपन्थी, पुँजीवाद, साम्यवाद, समाजवाद  यस्ता अनेकन् ‘राजनीतिक जार्गन’ ले बीसौँ शताब्दीमा भीषण युद्ध भए । शीतयुद्ध भयो जसमा करोडौँ मानिसमारिए । राजनीतिलाई वाद पक्षबाट बुझ्ने/बुझाउने र श्रेष्ठता कायम गर्ने अहंकारले करोडौँ मानिस यिनै जार्गनबीच बिलाए, मारिए। २१औँ शताब्दीमा वाद र मार्गहरूले अनेकन् रूप फेरेका छन् । त्यस्तै वामपन्थी र दक्षिणपन्थीको पहिचान र परिचयमा पनि समानता छैन। समाजराजनीतिको परिभाषामा पश्चिमा जगतमा शाकाहारी हुनुलाई प्रगतिशीलता मानिन्छ, वाम विचार मानिन्छ। वेद, वेदान्त,उपनिषद्, मन्त्र, ध्यान, योग यी सबै उग्रवामपन्थी विचार मानिन्छन् पश्चिमा जगतमा । जबकि भारत र नेपालमा यसलाई दक्षिणपन्थी सोच मानिन्छ । अमेरिकाको सन्दर्भमा जो वामपन्थी भयो नेपालको सन्दर्भमा त्यो दक्षिणपन्थी वा फासिस्ट भयो । ओसो, अरविन्द, रामदेव, आयुर्वेद र योग यी सबै पश्चिमा जगतमा उग्रवामधार भनी चिनिन्छ।

पश्चिमा जगतमा दक्षिणपन्थलाई प्रतिनिधित्व गर्ने क्रिस्चियन कट्टरपन्थी, सैनिक समूह र कर्पोरेट समूहलाई चिनिन्छ । नेपालमा को हो दक्षिणपन्थी– गाईको कुरा गर्ने, गाउँको कुरा गर्ने, स्वदेशी उत्पादन र स्वधर्ममा विश्वास गर्ने ? भारतमा गान्धीले भनेका कुरा दक्षिणपन्थी भयो, त्यहीकुरा अमेरिकामा उग्रवामपन्थी भयो। नेपालको सन्दर्भमा कांग्रेस र कम्युनिस्ट दुवै कहिले उग्रवामपन्थी धारमा पुग्छन् त कहिले दक्षिणपन्थी धारमा । दलको वैचारिक सीमा क्रस गरेका छन्,नयाँ सन्दर्भमा नयाँ सीमा निर्माण गरेका छन् राजनीतिक दलहरूले।

रुसका पुटिन आज अर्थोडक्स चर्चको सदस्य छन् । विगतको कम्युनिस्ट शासनमा उनी सोभियत संघको जासुसी संस्था केजिबीको प्रमुख थिए र कट्टर धर्मविरोधी कम्युनिस्ट पनि । संक्षिप्तमा वाद र मार्गका नाममा अब समय खर्च नगराैँ भन्ने दुई विपरित विचारका प्रतिनिधि पात्र अगाडि आए बाबुराम र दुर्गा सुवेदी । यसो भन्नुको अर्थ के नेपाल अब आफ्नो देश निर्माणको मोडल आफैँतय गर्न सक्छ? सक्नुपर्ला। तर त्योभन्दा अगाडि कांग्रेसले देशमा कम्युनिस्ट अधिनायकवाद आयो भनी चलाएको अभियानको पटाक्षेप कसरी होला? के फेरि कांग्रेस कच्चा बोलीको धरापमा पर्दैछ ? समयले उत्तर दिनेछ। पर्खौँ।

प्रकाशित: ५ भाद्र २०७५ ०३:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App