विचार

बनाउने त नेपाल सिंगापुर ?

बाइरोडको बाटोमा

सिंगापुरका पिता ली क्वान युले सन् १९५६ मा श्रीलंकाको राजधानी कोलम्बोमा पहिलो पटक भ्रमण गरेका थिए। सिंगापुरको स्वतन्त्रताभन्दा नौ वर्षअघि त्यहाँ पुग्दा उनी त्यतिबेला ३३ वर्षका मात्रै थिए। त्यहीबेला उनले सपना देखेका थिए– सिंगापुर एक दिन कोलम्बो जस्तो हुनेछ।

मलेसियाबाट छुट्टिएर ९ अगस्ट १९६५ मा सिंगापुर बन्यो। यसबीच सिंगापुरले आफूलाई कोलम्बो जस्तो मात्र बनाएन, कोलम्बोलाई धेरै पछाडि छाड्यो। कोलम्बो अगाडि बढ्थ्यो होला तर उसलाई हिंसाको राजनीतिले धेरै पछाडि पार्‍यो।

राष्ट्र निर्माणमा लाग्ने नेताको सही दृष्टिकोण र त्यसलाई कार्यान्वयन गर्ने सिप तथा जाँगर भयो भने असम्भव केही छैन। ‘तेस्रो विश्वबाट पहिलो’ बनाउने लीको सफलता आजपर्यन्त संसारका निम्ति आश्चर्यका रूपमा स्थापित भएको छ।

आज संसारका धेरै मुलुकले आफूलाई सिंगापुर जस्तो बनाउने चाहना राख्छन्। हाम्रो मुलुकलाई सिंगापुर र स्विजरल्यान्ड बनाउने भाषण नेताहरूले पटक–पटक गरेका छन्। संसद्मा धेरैपटक प्रधानमन्त्रीलाई सांसदले तिनका सपनालाई लिएर प्रश्न सोधेका छन्।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाललाई ४ जेठ २०८० मा प्रश्न सोधेका थिए–‘नेपाललाई सिंगापुर र स्विजरल्यान्ड बनाउँछु भनेर नक्कली शरणार्थी बनाउने देश किन बनाउनुभयो ?’ यो प्रश्नको जवाफमा उनले सिंगापुर बनाउने जिकिर त गरेनन् तर भ्रष्टाचार र अनियमिततामा सशक्त कदम चाल्ने प्रतिवद्धता व्यक्त गरे।

सार्वजनिक यातायातको क्षेत्रमा सिंगापुरले गरेको प्रगति अनुपम छ। सकेसम्म निजी सवारी खरिद गर्न यहाँ प्रोत्साहित गरिँदैन। सार्वजनिक यातायातबाटै सबै काम पूरा हुन्छ। एउटै कार्डले बस, ट्याक्सी, रेल तथा अन्य सवारी चढ्नेदेखि बैंकका कारोबार गर्नसमेत सम्भव छ। एउटै कार्ड सबैतिर लागु भएपछि जीवन सहज हुने नै भयो।

हो, हामी प्रतिबद्धता गर्छौँ। लीको मुलुकले प्रतिबद्धताको पालना गर्‍यो। वास्तवमा सिंगापुर बनाएको अनुशासनले हो। त्यसैले देश कसरी बनाउनुपर्छ ? भन्ने प्रश्नको जवाफ सजिलै आउँछ, ‘जसरी सिंगापुरले आफूलाई बनाएको छ।’ मुखले भने जस्तै सजिलो हुँदो हो त सबै देश सिंगापुर जस्तै बन्थे। तथापि, सजिलो नभए पनि सिंगापुर बन्न असम्भव छैन।

सिंगापुर बन्नुमा केले योगदान गरेको छ ? म प्रायः यो प्रश्न सोधिरहन्छु। नेपालबाट सिंगापुरमा काम र शिक्षाका निम्ति पुगेका व्यक्ति हुन् वा त्यहीँका बासिन्दा, मेरो प्रश्न निरन्तर यही हुन्छ। यसपटक फेरि सिंगापुर पुगेपछि मैले राखेका तस्बिरमुनि एकजना प्राध्यापकले आग्रह गर्नुभयो– सिंगापुर बन्नुका कारण खोजेर आउनुहोला है।

सिंगापुर बन्नुका कारण के होलान् ? मैले यसपटक पुस्तक वा वेबसाइटको सहारा लिइन्। बरु जोसुकैलाई यही सोधिरहेँ। सिंगापुरको पहिचानात्मक स्मारक मारलियन नजिकै बसेर हामी कुरा गरिरहेका थियौँ। सिंगापुरबासी मेरा मित्र त्यहाँका व्यवस्थाबाट ओतप्रोत भएर बोलिरहेका थिए। उनका कुरा कानमा परिरहेका थिए भने आँखामा सिंगापुरका सुन्दर दृश्य।

हामीकहाँज स्तो गाडी, चालक र अरू सहयोगी भने जति पाउन मुस्किल छ। सवारी चलाएर हिँडेका मन्त्रीले पनि साइरन लगाउन सक्दैनन्। हर्न लगाउने भनेको अत्यन्तै आवश्यक परेको बेलामा मात्र हो। बाटामा केटाकेटी निस्किएका छन् भने तिनले बाटो पूरै नकाटेसम्म कसैले गाडी अगाडि बढाउँदैन।

एउटा राम्रो देश बन्न कम्तीमा तीन पक्ष आवश्यक हुन्छन्– शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायात। आफ्नो मुलुकका निम्ति कुनै पनि विषयको प्रणालीगत विकासका निम्ति गहिरो अध्ययन गरी त्यसलाई मुलुक सुहाउँदो बनाइ काम गर्ने यहाँको चलन हो। यहाँका व्यावसायिक तालिम तथा प्राविधिक शिक्षालयमा हवाईजहाजका इन्जिन बनाउनसमेत विद्यार्थी सक्रिय भइरहेका हुन्छन्। सबै विद्यार्थीलाई विश्वविद्यालयको पढाइतिर लाग्नुभन्दा उसको अवस्था हेरी समयमै व्यावसायिक तथा प्राविधिक शिक्षातर्फ लगाइन्छ। जसले गर्दा सामान्य क्षमताका विद्यार्थीले पनि जीवन चलाउन सहज हुन्छ। स्वास्थ्यका हिसाबले यहाँको उन्नति उपल्लो स्तरको छ।

सार्वजनिक यातायातको क्षेत्रमा सिंगापुरले गरेको प्रगति अनुपम छ। सकेसम्म निजी सवारी खरिद गर्न यहाँ प्रोत्साहित गरिँदैन। सार्वजनिक यातायातबाटै सबै काम पूरा हुन्छ। एउटै कार्डले बस, ट्याक्सी, रेल तथा अन्य सवारी चढ्नेदेखि बैंकका कारोबार गर्नसमेत सम्भव छ। एउटै कार्ड सबैतिर लागु भएपछि जीवन सहज हुने नै भयो।

मादक पदार्थ सेवन गरेर कसैले सवारी चलाउँदैन, त्यहाँ पनि ‘शून्य सहनशीलता’ छ। कसैले मदिराजन्य पदार्थ पिएर गाडी चलाएको छ भने जेल जानु निश्चित छ। कसैले बाटो काट्दैछ भने त्यो मानिस सुरक्षित ठाउँ नपुगेसम्म सवारी अगाडि बढ्दैनन्।

सिंगापुर सरकारले १० वर्ष पुराना गाडीलाई सडकमा चल्न दिँदैन। नयाँ नम्बर पाउन प्रतीक्षा गर्नुपर्छ। सिंगापुर सरकारले गाडी किन्न चाहनेलाई निरुत्साहित तुल्याउन यसलाई अत्यन्त महँगो बनाएको छ। सवारी कर पनि उत्तिकै महँगो छ। सार्वजनिक यातायातलाई प्रोत्साहित गरेका कारण मन्त्री पनि त्यसैमा चढ्छन्। मन्त्रीलाई दिइएको गाडी पनि आफैँले चलाउनुपर्छ। हामीकहाँज स्तो गाडी, चालक र अरू सहयोगी भने जति पाउन मुस्किल छ। सवारी चलाएर हिँडेका मन्त्रीले पनि साइरन लगाउन सक्दैनन्। हर्न लगाउने भनेको अत्यन्तै आवश्यक परेको बेलामा मात्र हो। बाटामा केटाकेटी निस्किएका छन् भने तिनले बाटो पूरै नकाटेसम्म कसैले गाडी अगाडि बढाउँदैन।

खानाका निम्ति पनि सिंगापुर सहज छ। प्रत्येक बसोबास क्षेत्रका नजिकै हकर सेन्टर खोलिएका छन्। त्यहाँ ताजा खाना खान पाइन्छ। त्यो पनि तीनदेखि पाँच सिंगापुर डलरमा। नेपाली मूल्यमा यो भनेको पाँच सय रुपियाँ मात्र हो। नेपालका सहरमा अचेल पाँच सय रुपियाँमा खाना खाने ठाउँ निकै कम छन्। खानाको पनि गुणस्तर छ। कतै खाना खाएर बिरामी परेमा निकै ठूलो सजाय हुन्छ। खाना पकाएको र खाइसक्नु पर्ने समय त्यहीँ लेखेर राखिएको हुन्छ।

विदेशीले काम गरेर देशको गोपनीयता भंग भयो भन्ने हुँदैन। त्यस्तो हुँदो हो त प्रधानमन्त्रीदेखि राष्ट्रपति र मुलुकका महत्त्वपूर्ण स्थानमा सिंगापुर प्रहरीमा कार्यरत गोर्खा अर्थात् नेपालीले सेवा गर्न पाउँने थिएनन्।

यहाँ अपराध अत्यन्तै कम छ। विशेषगरी महिला र बालबालिकाका निम्ति सिंगापुर सबैभन्दा सुरक्षित मानिन्छ। सुरक्षित नमानिँदो हो त तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्प र उत्तर कोरियाली नेता किमको यहाँ बैठक हुने नै थिएन। बैठकका बेला पनि हाम्रो जस्तो देश पूरै बन्द गरिएको थिएन। जीवन यथावत् चलिरहेको थियो। हामीकहाँ एकजना राष्ट्रपति वा प्रधानमन्त्री बाटोमा निस्किए भने पनि समग्र सडक प्रयोगकर्ताको बाटो छेकिन्छ।

सिंगापुरमा सडक दुर्घटना नगन्य मात्र हुन्छ। ट्राफिक प्रणाली सुन्दर बनाइएको छ। त्यसलाई सबैले पालना गर्छन्। कसैले रातो बत्ती बलेको बेलामा सवारी अगाडि बढायो भने चालक अनुमतिपत्र कम्तीमा पाँच वर्षका लागि रद्द हुन्छ। मादक पदार्थ सेवन गरेर कसैले सवारी चलाउँदैन, त्यहाँ पनि ‘शून्य सहनशीलता’ छ। कसैले मदिराजन्य पदार्थ पिएर गाडी चलाएको छ भने जेल जानु निश्चित छ। कसैले बाटो काट्दैछ भने त्यो मानिस सुरक्षित ठाउँ नपुगेसम्म सवारी अगाडि बढ्दैनन्।

बालुवाघारीलाई लीले एउटा सुन्दर देशमा अनुवाद गरेका छन्। यहाँ पानीको स्रोत छैन। त्यही भएर मलेसियासँग पानी किनेर ल्याएको छ। त्यसलाई शुद्धीकरण गरेर उल्टै मलेसियालाई उसले बेच्छ। त्यति मात्र होइन, भविष्यमा मलेसियाले पानी नदिएमा आवश्यकता पूरा गर्न भनेर वर्षात्को पानी संकलन गरेको छ।

सिंगापुर विदेशीलाई काम दिन पनि उत्तिकै उदार छ। सरकारी होस् वा निजी, त्यहाँ काम पाउन सक्छ। विदेशीले काम गरेर देशको गोपनीयता भंग भयो भन्ने हुँदैन। त्यस्तो हुँदो हो त प्रधानमन्त्रीदेखि राष्ट्रपति र मुलुकका महत्त्वपूर्ण स्थानमा सिंगापुर प्रहरीमा कार्यरत गोर्खा अर्थात् नेपालीले सेवा गर्न पाउँने थिएनन्।

बालुवाघारीलाई लीले एउटा सुन्दर देशमा अनुवाद गरेका छन्। यहाँ पानीको स्रोत छैन। त्यही भएर मलेसियासँग पानी किनेर ल्याएको छ। त्यसलाई शुद्धीकरण गरेर उल्टै मलेसियालाई उसले बेच्छ। त्यति मात्र होइन, भविष्यमा मलेसियाले पानी नदिएमा आवश्यकता पूरा गर्न भनेर वर्षात्को पानी संकलन गरेको छ। पानीलाई भूमिगतरूपमा समेत संकलन गरिएको छ। तर अहिले त्यसलाई प्रयोग गरिएको छैन।

वास्तवमा लीलाई मलेसियासँग छुट्टिने मन थिएन। जबर्जस्ती उनलाई छुट्याइदिएका थिए। उनी चिनियाँ मूलका हुन्। उनको चामत्कारिक व्यक्तित्वका कारण तत्कालीन मलेसियाली नेताहरू तर्सेका थिए। नतर्सियून् पनि कसरी ? जसले सानै उमेरमा देश विकासको सपना देखे र कालान्तरमा पूरा गरे। प्रधानमन्त्री पद छाडी सल्लाहकारको भूमिका ‘मिनिस्टर मेन्टर’ बनेर पनि सेवा गरे।

के हामी पनि देशलाई सिंगापुर जस्तै समृद्ध बनाउने सपना देख्न सक्षम छौँ ? छौँ भने अबका केही वर्षमा गरेर देखाउने हो त ?  

@gunaraj

प्रकाशित: १६ भाद्र २०८१ १०:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App