विचार

खगेन्द्रजी, ग्याम्बे गर्ने होइन?

नेपालमा राजतन्त्र उखेलिएको र गणतन्त्र रोपिएको दिन अभूतपूर्व खुसियालीमा एक पेग ग्याम्बे गरौँ न? त्यस्तो अभूतपूर्व स्वाभिमानलाई अरू माधुरियपूर्ण गराउने प्रस्ताव हो अक्षर संसारका हस्ताक्षर खगेन्द्र संग्रौलाको। २०६२/६३ को जनआन्दोलनताकाको हो यो कुरा। कुन दिन, कहाँ, कति बजे भएको हो, त्यो अहिले हेक्का भएन। राजतन्त्र उन्मूलन र गणतन्त्र रोपणको परम ऐतिहासिक घोषणा हुने दिन थियो २०६३ जेठ १५ गते। अब त्यो दिनबाट नेपालमा राजतन्त्र इतिहासमा मात्र सीमित हुने भयो। जननिर्वाचित संविधानसभाले आजका दिनबाट राजालाई इतिहासको खोपामा थन्क्याउने कि राजसिंहासनमा आरुढ गराउने कुराको पैmसला गर्ने दिन हो। त्यही दिन पर्खेर बसेका थिए खगेन्द्र भैरव। साँझ पर्न लाग्यो तैपनि घोषणा भएन। अपराह्न ५ बजेसम्म गणतन्त्र घोषणा हुन्छ भनेका थिए नेताहरूले। तर यो घटनाबाट हामीले राजनीति बुझेका रहेनछौँ भन्ने प्रमाणित भयो। ५ बजेसम्म गणतन्त्र घोषणा हुन सकेन र हाम्रो ग्याम्बे पनि भएन।

हामी त्यो २०६५ जेठ १५ गते बिछट्टै खुसियालीमा ग्याम्बे गर्ने वातावरणमा थियौँ। तसर्थ संग्रौलाजीलाई संझाएको गराँै कि नगरौँ ग्याम्बे अब भने? संविधान त आयो। संविधानलाई समाजवाद उन्मुखसम्म पनि भनिएको छ। तर त्यो समाजवाद उन्मुख संविधान सिद्धान्तमा आयो, स्वागतमा आयो, भाषणमा आयो, गणतन्त्र दिवस मनाउँदा निम्ता पाउनेहरूलाई पनि आयो, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत सत्तामा हुनेहरूलाई आयो तर सामान्य जनतालाई अझै आएको छैन। कहिले आउला जनतालाई समाजवाद उन्मुख गणतन्त्र भनी सोध्नु पनि छ संग्रौलाजीलाई।  

धनुषाको फाँटमा भैँसीमाथि चढेर भैँसी चराउने डा. रामवरण यादवलाई पनि गणतन्त्र आयो किनभने उनी नेपालको पहिलो राष्ट्रपति भए। दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारी भइन्। तेस्रो राष्ट्रपति रामचन्द्र पौडेल भए। बिरामी पनि भए। उपचारार्थ दिल्ली पनि गएँ। निको भइ स्वदेश फर्किसके। उनको उपचारको पैसा सरकारले ति¥यो क्यार। उपचार खर्च दिल्लीमा रु. ५५ लाख २ हजार २ सय ७१ लाग्यो। जनस्तरबाट उनको खर्चको व्यापक आलोचना भएपछि रामचन्द्र आपैmँ तिर्न खोज्दै थिए क्यार तर नेपाल सरकारले नै तिर्ने निर्णय गरेछ। यस्तो उपचारको पैसा कसले तिर्ने गम्भीर छलफल गरी टुङ्गोमा पुग्नुपर्ने जस्तो लाग्छ।  

यस्ता कुरा मात्र भावनामा आएर, कराएर मात्र पनि हुन्न। भावनामा नआइ पनि हुन्न। मान्छे भएपछि भावनामा नआइ पनि हुँदोरहेनछ। यो भावना भन्ने यस्तो वस्तु रहेछ जो नभई पनि नहुने, धेरै हुन पनि नहुने। म पनि एउटा साधारण मान्छे त हँु नि। भावना, सद्भावना यदाकदा दुर्भावना पनि सबैमा हुँदोरहेछ। कहिले कुनले जित्छ कहिले कुनले? म लेख्दै थिएँ, राजतन्त्र औपचारिकरूपमा उखेलिएर समाजवाद उन्मुख गणतन्त्र स्थापना भएको परम खुसियालीमा खगेन्द्र संग्रौलासँग ग्याम्बे गर्ने। विषय ठूलो हो कि सानो थाहा पाउन पनि कठिन। आफूले आपैmँलाई मन परेको कुरो भन्ने गरिन्छ। मलाई मन प¥यो त्यो ग्याम्बे। तब ठूलो बनाएर लेख पनि लेखेँ। कुरो जे हो, त्यही हो।

सर्वसाधारण जनताको भान्सामा, पिँढीमा, छिँडीमा, अगेँनामा गणतन्त्र पुगेको छैन तर सत्तारुढ पार्टीका ठूला नेताको भने रछानसम्म पनि पुगेको छ। यो चालाले गणतन्त्र जनताको कहिल्यै हुन सत्तैmन। पार्टीका ठूला नेताको मात्र हुन्छ। गणतन्त्र कागतमा आयो, भाषणमा आयो तर जनतामा आएन। सर्वसाधारण जनताको हालत एकदम पातलो भएको छ।

एउटा कुरा, अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा म पनि बोलाइएछु। त्यो समारोहमा सत्यमोहन दाइलाई भनाइ राख्न दिइयो तर मलाई दिइएन। राष्ट्रपति भण्डारी सभामा उपस्थित व्यक्तिहरूसँग कस्तो लाग्यो भन्दैै प्रश्न सोध्दै आउनुभयो तर मैले निर्र्भीकतासाथ प्वाक्क भनेँ– जनताले राष्ट्रपति खोजेका थिए तर पाए अघोषित राजा। तपाईँको वरिपरि हेर्नोस् त कति बाक्लो छ सुरक्षा घेरा? उहाँ चकित हुनुभो र भन्नुभो– अब के गर्ने त? मैले भनेँ– यसको उत्तर मसँग छैन, म सुरक्षाविद् होइन, सुरक्षाविद्हरूसँग सोध्नु राम्रो होला तर जे भए पनि अहिले तपाईँ बाहिर निस्कँदा जनता सडकमा हिँड्न पाउँदैनन्। सडकमा हिँड्न पाउनु जनताको सार्वभौम अधिकार हो। त्यो अधिकार खोस्ने अधिकार कसैलाई पनि हुँदैन। तर उहाँले केही परिवर्तन गर्न सक्नुभएन। जनताकी छोरी, नेताकी श्रीमती विद्यादेवी भण्डरी राष्ट्रपति हँुदा सर्वसाधारण जनताले साविकदेखि हिँडेको डेरा वा घर जान नपाउने? जनताकी छोरी राष्ट्र प्रमुख भएपछि पहिले पाएको सुविधा भन्दा बढी सुविधा पाउनुपर्नेमा आफ्नो बासस्थान जाने सुविधामा समेत कटौती भयो तर जब रामचन्द्र पौडेल राष्ट्रपति भए आफ्नो सुरक्षा निकायसँग के के सल्लाह गरे तर बाटो त्यसरी रोकिएन। राष्ट्रपति कहाँ जान्छन, कहिले जान्छन् त्यो उनको कुरो हो। तर जनताले बाटो हिँड्न नपाउने हुनुभएन। जनताका छोराछोरी राष्ट्रपति भएकामा त सर्वसाधारण जनताले झन बढी सुविधा पाउनुपर्ने। यो श्रेय रामचन्द्र पौडेलले पाए। उनी संघीय संसद्लाई सम्बोधन गर्न जाँदा कतै त्यस्तो अप्ठ्यारो अनुभव गर्नुपरेन। 

विद्यादेवीको पालामा र रामचन्द्रको पालामा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय सुरक्षामा खासै आधारभूत परिवर्तन आएको पनि छैन। तसर्थ राष्ट्रको नेतृत्व गर्ने व्यक्तित्वले यस्ता गाँठी कुरा सूक्ष्म दृष्टिले हेर्न सक्नुपर्छ। रामवरण यादव राष्ट्रपति हुँदा यस्तो अचाक्ली थिएन। रामचन्द्र आएपछि त झन सुविधा बढ्यो। तसर्थ राष्ट्रकको गम्भीर जिम्मेवारी बहन गरेपछि आपूmलाई पनि त्यहीअनुरूपको बनाउन सक्नुपर्छ। यही नै मैले बुझेको राजनीतिको सार वस्तु हो । 

प्रकाशित: २५ श्रावण २०८० ००:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App