शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ। उपयुक्त किसिमको पाठ्यक्रम र परीक्षण विधि अङ्गीकार गरे मात्र विद्यार्थीको वास्तविक सिकाइ मापन हुन सक्छ। त्यसैले पठनपाठन वा शिक्षण क्रियाकलापसँग मूल्याङ्कन जोडिएर आउँछ।
मूल्याङ्कनविधि उपयुक्त नभए सम्पूर्ण सिकाइ क्रियाकलापमा नकारात्मक प्रभाव पर्छ। यसैले पछिल्लो समय सैद्धान्तिक विषयको लिखित परीक्षाका माध्यमबाट गरिने मापनका सट्टामा व्यावहारिक र प्रयोगात्मक सिपको निरन्तर मूल्याङ्कन परिपाटी विकसित भएको छ। सिकाइलाई बढीभन्दा बढी व्यावहारिक, प्रयोगात्मक र सिकारुकेन्द्रित गराइ रुचिपूर्ण र प्रभावकारी बनाउन संसारभर अनेकौँ अनुसन्धान भएका छन्।
सिकाइ क्रियाकलापमा पनि साठीको दशकमा गेस पेपरको बिगबिगी थियो। विद्यालय तथा विश्वविद्यालयतहका पठनपाठन सिकाइ वञ्चित हुँदै परीक्षा उत्तीर्ण गर्ने उपायको खोजीमा सीमित थिए। गेसपेपर संस्कृतिविरुद्ध शिक्षाविद्हरूले लामो समयसम्म आवाज उठाएपछि विश्वमा विकसित नवीनप्रविधिलाई आत्मसात गर्दै गेसपेपर प्रवृत्ति अन्त्य भयो तर पछिल्लो समय परीक्षाबोर्ड नयाँ जोगीले धेरै खरानी घसेजस्तै अनावश्यक र पश्चगामी काम गरेर शिक्षा क्षेत्रलाई पुनः परीक्षाकेन्द्रित, अनुत्पादक, अनुर्वर, निरस र जबर्जस्ती रटन्ते बाटोतिर लैजान उद्यत छ।
शिक्षण सिकाइ क्रियाकलापमा घरपरिवार, सामाजिक परिवेश, विद्यालयको भौतिक अवस्था तथा कक्षाकोठामा गरिने शिक्षण क्रियाकलापको महत्वपूर्ण भूमिका रहन्छ।
परीक्षाबोर्ड विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, शैक्षिक सामग्री सहज पहुँचविस्तार गर्ने दिशामा ध्यान नदिइ स्तरीकृत परीक्षाका नाममा तल्लो कक्षाबाटै निर्धारित मानक प्रश्नका आधारमा परीक्षा सञ्चालन गर्ने अवैज्ञानिक बाटोमा छ। परीक्षाबोर्डले उद्देश्यअनुसार सिकाइनिम्न र उच्चतहका नमुना प्रश्न तयारी, आवश्यक ग्रिड निर्माण गर्नु पर्छ। यसको सट्टा बोर्ड आफूले गर्नैपर्ने कर्तव्यबाट विचलित हुँदै अनावश्यक रूपमा व्यावसायिक बन्न गेसपेपरको पुनरागमन गराउने किसिमका प्रश्नपत्रका अनेक सेटहरू निर्माण गरी बिक्रीवितरण गर्ने काममा अग्रसर हुनथालेको छ।
विद्यार्थीको नतिजामा सुधार ल्याउन उनीहरूले नसिकेको, नजानेको र नसुनेको प्रश्न सोध्दै नसोध्ने नारा अघि सारी हरेक विषयका दर्जनौँ सेट प्रश्नपत्र निर्माण गर्ने र तिनै प्रश्नबाट सबैतिर विद्यार्थीको मूल्याङ्कन गर्ने अभिप्रायका साथ ठूलो धनराशि खर्च गर्दैछ। यसले स्तरीकृत प्रश्नपत्र निर्माण हुन सक्लान् तर सँगसँगै जबर्जस्ती वार्षिक र सैद्धान्तिक लिखित परीक्षामा विद्यार्थीलाई होम्ने छ।
पूर्वनिर्धारित प्रश्नबाट मात्र परीक्षा लिने प्रणालीले घोकेर कण्ठ गरेका सूचनाको प्रस्तुतिमा जोड दिनेछ। उच्चतहको बुझाइ अन्तर्गतका प्रश्न पनि घोकेरै दिनुपर्ने अवस्थाले सिर्जनात्मकता हराउने निश्चित छ। अझ कम्तीमा तीन वर्ष पुरानो प्रश्न नदोहोरिने भन्ने व्यवस्थाले त विद्यार्थीलाई अनुमान गरेर पाठ्यांश घोक्ने काममा व्यस्त राख्नेछ।
परीक्षाबोर्ड विद्यार्थीको शिक्षण सिकाइलाई प्रभावकारी बनाउने, शैक्षिक सामग्री सहज पहुँचविस्तार गर्ने दिशामा ध्यान नदिइ स्तरीकृत परीक्षाका नाममा तल्लो कक्षाबाटै निर्धारित मानक प्रश्नका आधारमा परीक्षा सञ्चालन गर्ने अवैज्ञानिक बाटोमा छ।
एक्काइसौँ शताब्दीका सिकाइ सिपअन्तर्गत आलोचनात्मक सोचाइ, सहकार्य, समूहकार्य, परियोजनाकार्य, प्रयोग, परीक्षण, मूल्याङ्कन, विश्लेषण र नवीन प्रयोग एवं समस्या समाधान सिप रहेका छन्।
उच्चतहको बुझाइअन्तर्गत विद्यार्थीले कहिल्यै नसुनेका, नदेखेका र नजानेका नवीन र चुनौतीपूर्ण प्रश्न सोध्नुपर्ने अपेक्षा हुन्छ। विद्यार्थीले समस्या समाधानका विकल्पबारे सोच्ने, तर्क दिने र उपयुक्त विकल्प चयन गर्ने सिपआर्जन गर्छन्। ब्लुम्स टेक्सोनोमीका नाममा बुझाइका तह अनुसार प्रश्न सङ्ग्रह तयार गरी प्रश्नको वर्गीकरण मात्र गरेर घोकन्ते प्रवृत्तिलाई बढावा दिनु कुनै अर्थमा सान्दर्भिक र वैज्ञानिक हुन सक्दैन। टेक्सोनोमीको आशय त त्यस्तो हुँदै होइन।
एक्काइसौँ शताब्दीका सिकाइ सिपअन्तर्गत आलोचनात्मक सोचाइ, सहकार्य, समूहकार्य, परियोजनाकार्य, प्रयोग, परीक्षण, मूल्याङ्कन, विश्लेषण र नवीन प्रयोग एवं समस्या समाधान सिप रहेका छन्।
फिनल्यान्ड लगायतका देशमा कक्षाकोठाका औपचारिक पढाइ र स्तरीकृत परीक्षालाई महत्व दिइँदैन। विद्यालय जीवनमा पहिलोपटक १२ कक्षामा स्तरीकृत परीक्षा दिने विद्यार्थी र शिक्षा पद्धति संसारकै उत्कृष्टमध्येमा पर्छ तर नेपालमा ६–७ कक्षाबाटै परीक्षाकेन्द्रित रटन्ते विधि थोपर्न थालिएको छ।
केही अन्तर्राष्ट्रिय अभ्यास क्याम्ब्रिज इन्टरनेसनल
बेलायतको क्याम्ब्रिज इन्टरनेसनल परीक्षण विश्वका धेरै राष्ट्रले मान्यता दिएको स्तरीय परीक्षा मानिन्छ। यस परीक्षामा कुनै पनि प्रश्न नदोहोर्याउने र विद्यार्थीलनई आवश्यक पर्ने सबै सूचना, सूत्र र विवरणसमेत समेटेर परीक्षा हलमै बुकलेट दिइन्छ। विद्यार्थीले दिइएका सूचनाका आधारमा विश्लेषण, मूल्याङ्कन र आलोचनात्मक दृष्टिबाट तार्किक उत्तर दिनु पर्छ।
सैद्धान्तिक कुरालाई पनि समसामयिक सन्दर्भ, व्यवहार र परिवेशसँग जोडी व्यावहारिकरूपमा पुष्टि गर्नु पर्छ। आंशिक रूपमा भने बहुवैकल्पिक र सिकाइका अन्यतहका प्रश्नसमेत समावेश गरिएको हुन्छ। पाठ्यक्रममा समेत छिटो छिटो परिवर्तन गर्ने क्याम्ब्रिज इन्टरनेसनल परीक्षामा प्रश्न हुबहु नसोधी कुनै न कुनै रूपमा सिर्जनात्मक बनाउने प्रयास हुन्छ। समसामयिकता, सिर्जनशीलता, तार्किकता र आलोचनात्मक सोच विकास गर्ने भएकाले क्याम्ब्रिज इन्टरनेसनल एसेसमेन्ट लोकप्रिय छ।
आइबी इन्टरनेसनल
संसारका चर्चित परीक्षाबोर्डमध्ये आइबी बोर्ड पनि एक हो। परियोजना कार्यलाई केन्द्रमा राखी विद्यार्थीलाई बढीभन्दा बढी सहभागी र सक्रियबनाउने पद्धति आइबीमा पाइन्छ।
सिकाइमा विद्यार्थीका साथसाथै शिक्षकलाई पनि उत्तरदायी बनाउने अनि अध्ययन, अनुसन्धान र विश्लेषणमूलक परियोजना र नियमित एसेसमेन्टमा जोड दिई वार्षिक र सैद्धान्तिक परीक्षालाई नगण्य महत्व दिनु यसको विशेषता हो।
संसारका चर्चित परीक्षाबोर्डमध्ये आइबी बोर्ड पनि एक हो। परियोजना कार्यलाई केन्द्रमा राखी विद्यार्थीलाई बढीभन्दा बढी सहभागी र सक्रियबनाउने पद्धति आइबीमा पाइन्छ।
नियमित कक्षा र सँगसँगै दिइने परियोजनाका आधारमा विद्यार्थीको समूहकार्यको शिक्षकबाटै मूल्याङ्कन गराइ ग्रेडिङ गर्ने विधि आइबीमा छ। निरन्तर मूल्याङ्कन पद्धतिका कारण यो बोर्ड संसारभर लोकप्रिय छ।
हामी कता?
तीन घन्टे परीक्षामा जसले बढी सूचना दिन सक्यो ऊ सफल मानिने परम्परागत नेपाली पठनपाठनमा पछिल्लो समय सिर्जनशीलतालाई जोड दिने विषयले प्रवेश पाएको छ।
वार्षिक लिखित परीक्षाभन्दा निरन्तर मूल्याङ्कनलाई जोड दिइ विद्यालयतहमा पढाइभन्दा सिकाइलाई केन्द्रमा राख्नुपर्ने अवधारणा विकसित भएको छ। गेसपेपर संस्कृतिबाटै आएका व्यक्तिको वर्चस्व भएकाले अहिले परीक्षाबोर्डको ध्यान विद्यार्थीलाई निश्चित प्रश्नपत्र दिइ वर्षभरि तिनै प्रश्नको उत्तर घोकाउने र वर्षान्तमा जसले बढी घोक्यो उसलाई सफलबनाउने दिशा केन्द्रित छ।
विद्यार्थीको सिप, अभिवृत्ति र सिकाइलाई पटक्कै महत्वन दिएर अर्थहीन सूचना घोकाउने र सूचना लेखेर परीक्षापास गर्ने विधिविद्यालयमा लागू गर्न खोजिँदैछ।
तीन घन्टे परीक्षामा जसले बढी सूचना दिन सक्यो ऊ सफल मानिने परम्परागत नेपाली पठनपाठनमा पछिल्लो समय सिर्जनशीलतालाई जोड दिने विषयले प्रवेश पाएको छ।
विद्यार्थीले म के किन पढ्दैछु र यसको व्यावहारिक औचित्य के हो भन्ने नबुझी सूचना घोक्नुपर्ने बाध्यता सिर्जना हुँदैछ। निर्धारित प्रश्नको उत्तर तयार गर्ने उद्देश्यमा केन्द्रित भएर विद्यार्थी कक्षामा प्रवेश गरेपछि कसरी सिर्जनात्मक सिकाइ हुन सक्छ? पढाइ र घोकाइलाई जोड दिने नीति बोर्डले अगाडि सारेको छ।
यो काम अवैज्ञानिक र विश्वमा विकसित आधुनिक मान्यता विपरीत छ। राज्यको सम्पत्ति खर्च गरेर विद्यार्थीलाई सधैँ अवैज्ञानिक सूचना घोकाइ प्रयोगशाला मात्र बनाउने काम भइरहेको छ। त्यसो त लोकसेवामा सामान्यज्ञान घोकेर उत्कृष्ट किसिमका प्रशासक चयन गर्ने नीति हामीकहाँ छ।
शिक्षण सेवामा समेत सम्बन्धित विषयको दक्षता परीक्षण गर्ने प्रश्नभन्दा कार्य क्षेत्रसित असम्बन्धित सामान्य जानकारी घोक्ने व्यक्तिले प्रवेश पाउने गरेको छ। यसैको परिणति हुन सक्छ सामुदायिक विद्यालय शिक्षकको भन्दा संस्थागत विद्यालयका तालिम अप्राप्त शिक्षकको उपलब्धि बढी देखिएको छ।
यो काम अवैज्ञानिक र विश्वमा विकसित आधुनिक मान्यता विपरीत छ। राज्यको सम्पत्ति खर्च गरेर विद्यार्थीलाई सधैँ अवैज्ञानिक सूचना घोकाइ प्रयोगशाला मात्र बनाउने काम भइरहेको छ।
परम्परागत पद्धतिका कारण यति धेरै समस्याको थुप्रो लागिरहेको बेलामा परीक्षाबोर्ड ‘काम/कुरो एकातिर, कुम्लो बोकी थिमितिर’ भनेझैँ आफ्नो प्रभाव बढाइ निहित स्वार्थ पूर्ति गर्न र अर्थहीन काम गरेर चर्चा कमाउन शिक्षामा पश्चगामी कदम चालिरहेको छ।
राष्ट्रको शिक्षानीति, आधुनिक शैक्षिक मान्यता र सिकाइ सिद्धान्तलाई चुनौती दिँदै राज्यको ढुकुटी फजुल खर्च गरेर सञ्चालन गर्न थालिएका यस्ता काममा समयमै लगाम आवश्यक छ। शिक्षा मन्त्रालयले आफू मातहत निकायले गरिरहेका यस्ता अवैज्ञानिक र विकृत कार्म नियन्त्रण गर्न तुरुन्तै अग्रसरता देखाउनुपर्छ।
प्रकाशित: ९ वैशाख २०८० २३:५० शनिबार