अन्तर्राष्ट्रिय

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु

फाइल तस्बिर

मेक्सिको र अमेरिकाको टेक्सास राज्यको सीमा नदी रियो ग्रान्डेबाट बिहीबार आठ आप्रवासीको शव फेला परेको छ।  

अमेरिकाको भन्सार तथा सीमा सुरक्षा विभागको विज्ञप्तिअनुसार टेक्सासको ईगल पास नजिकै नदीबाट अन्य ३७ जनाको उद्धार गरिएको छ।

युएस बोर्डर पेट्रोल एजेन्टहरूले ६ वटा शवहरू फेला पारेका थिए भने अरू दुईवटा मेक्सिकन टोलीहरूले  फेला पारेको विज्ञप्तिमा जनाइएको छ।

यस क्षेत्रमा दिनभर परेको भारी वर्षाका कारण सो नदीको जलप्रवाहमा तीव्रता आएकाले उद्धारमा कठिनाइ थपिएको थियो।

प्रकाशित: १८ भाद्र २०७९ ०७:०९ शनिबार

अमेरिका–मेक्सिको सीमामा ८ आप्रवासीको डुबेर मृत्यु