अन्तर्राष्ट्रिय

इराकको संसद भवनमा छिरे प्रदर्शनकारी

इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद भवन प्रवेश गरेका छन्।

संसद भवन प्रवेश गरेका प्रदर्शनकारीहरूलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको थियो। सुरक्षाकर्मीहरूले संसद भवन प्रवेश गर्न खोज्नेहरूलाई केही बेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको एएफपीले जनाएको छ।

प्रदर्शनकारीहरू प्रवेश गरेको समयमा संसद भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन्।

सामाजिक सन्जालहरुमा सेयर भइरहेका भिडियो र फोटोहरुमा प्रदर्शनकारीहरू संसद भवनभित्र नाचगान गरेको र टेबलहरूमा सुतेको देखिन्छ।

धर्मगुरु मुक्तदा अल-सदरका समर्थकहरूले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन्। गत अक्टोबरमा भएको आम निर्वाचनमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन।

प्रकाशित: १२ श्रावण २०७९ ०३:३३ बिहीबार

इराक