अन्तर्राष्ट्रिय

भवन भत्किँएर मृत्यु हुनेको संख्या ५३ पुग्यो

पाइलअपमा ५ जनाको मृत्यु, ३ जना घाइते

चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ। गत अप्रिल २९ मा सो भवन भत्किएको थियो। सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।

सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवीतै उद्धार गरिएको छ। त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो।

शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जिवीतै उद्धार गरिएको जानकारी दिएका हुन्। यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ।

यस्तै पूर्वी चीनको आन्हुइ प्रान्तको जिएसु काउन्टीको राजमार्गमा कार र तीन ट्रक एकापसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

दिउँसो १ः५० बजे भएको दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो भने आकस्मिक उपचारपछि अर्का एक जनाको मृत्यु भएको थियो।

घाइते तीन जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको र अहिले अवस्था सामान्य रहेको  बताइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित: २३ वैशाख २०७९ ०७:३४ शुक्रबार

चीनको हुनान प्रान्त