कोरोना भाइरस संक्रमणका कारण भारतमा हालसम्म ३ सयभन्दा बढी पत्रकारले ज्यान गुमाएका छन्। जसमध्ये २ सय ३८ को पहिचान भइसकेको छ भने अन्यको पहिचान हुन बाँकी छ।
भारतीय सञ्चार माध्यमका अनुसार कोरोनाकालमा भारतीय सञ्चारकर्मीलाई फ्रन्टलाईनमा राखिएको छैन। उनीहरुले कोरोनाविरुद्धको खोप पनि आफू प्राथमिकतामा नपरेको कारण पाएनन्। कामलाई निरन्तर प्राथमिकतामा राखेका सञ्चारकर्मी भने कहिल्यै पछि परेनन् तर केही सञ्चारकर्मीले भने ज्यानसम्म गुमाए।
भारतको तथ्यांक अनुसार अप्रिल २०२० देखि मे २०२१ सम्म २ सय ३८ जनाको ज्यान गुमेको छ। ज्यान गुमेका मध्य सञ्चार संस्थामा आवद्ध रिपोर्टर, फ्रंील्यान्सर, फोटो पत्रकार आदि रहेका छन्। कोरोनाकालको पहिलो लहरको समयमा औसतमा प्रतिदिनमा ३ जना सञ्चारकर्मीको ज्यान गएको थियो। दोस्रो कोरोना लहरमा भने मे महिनामा यो संख्या बढेर औसतमा ४ जनाको ज्यान गइरहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। भारतमा प्रेस काउन्सिलले सञ्चारकर्मीलाई फ्रन्टलाईनमा राख्न माग गरिरहेको छ।
प्रकाशित: ४ जेष्ठ २०७८ १२:१४ मंगलबार