अन्तर्राष्ट्रिय

कार्यकालको पहिलो सय दिनमा २० करोड मानिसलाई खोप लगाउने जो बाइडेनको बाचा

अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोना भाइरसको खोप लगाउने बाचा बाइडेन गरेका छन्।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले आफ्ना प्राथमिकताबारे उक्त कुरा बताएका छन्। बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताएका हुन्।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन्। र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ' उनले भने।  

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ। अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोना भाइरसको महामारीबारे प्रश्न गरेनन्।

प्रकाशित: १३ चैत्र २०७७ ०७:५६ शुक्रबार

कोरोना भाइरस