अन्तर्राष्ट्रिय

कमला ह्यारिसको चिनियाँ नाम !

अमेरिकी राष्ट्रपति निर्वाचनबारे केही दिनदेखि समाजिक संजालमा चर्चा छ। यो चर्चा डोनाल्ड ट्रम्प र जो बाइडनबारे बढी केन्द्रित छ। तर चिनियाँ सामाजिक संजाल वीबोका प्रयोगकर्ताको ध्यान भने कमला ह्यारिसतर्फ देखिन्छ। उनीहरु कमलाको चिनियाँ नामबारे चर्चा गरिरहेका छन्।

सबैलाई लाग्न सक्छ कमलाको चिनियाँ नाम कसरी हुनसक्छ ? चीनमा पश्चिममा नेताहरुको नामको फोनेटिक अनुवाद गर्ने गरिन्छ। जस्तो बाइडनको त्यहाँ बाइ डेंग। तर कमलाको चिनियाँ नाम भने फरक सुनिन्छ। उनलाई त्यहाँ जिन ली भन्ने गरिन्छ यो चिनियाँ जस्तै लाग्छ। यो उनको आधाकारिक नाम पनि हो।

वेबसाइट एससीएमपीका अनुसार कमला ह्यारिसले लगभग २० वर्ष पहिले सान फ्रान्सिसकोमा डिस्ट्रिक्ट अटर्नीको चुनाव लड्ने समय आफ्नो चिनियाँ नाम राख्ने निर्णय गरेकी थिइन्। उनले आफ्ना चिनियाँ मुलका अमेरिकी साथीको सल्लाहमा यो नाम राखेकी थिइन्। उनले यो नाम राख्दा सहरका चिनियाँ मिडियामा धेरै कभरेज हुने फाइदा थियो। त्यस पछि उनका साथीका पिताले चिनियाँ नाम जुराएका थिए जसको अर्थ हुन्छ - गहन सुन्दर।

 

 

 

प्रकाशित: २४ कार्तिक २०७७ ०६:१४ सोमबार

कमला ह्यारिस