अन्तर्राष्ट्रिय

कम्युनिस्ट पार्टीकाे सदस्यलाई अमेरिकाले पिआर र नागरिकता नदिने

अमेरिकाले अबदेखि कम्युनिस्ट पार्टीका सदस्यलाई आफ्नो देशमा स्थायी बसोबासको अनुमति (पिआर) र नागरिकता नदिने भएको छ।  

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाले शुक्रबार युएस सिटिजन एन्ड इमिग्रेसन सर्भिसेस (युएससिआइएस) नीति सार्वजनिक गरेको हो।  

जसमा भनिएको छ, ‘सामान्य अवस्थामा आप्रवासी बन्न चाहने व्यक्ति कम्युनिस्ट वा अन्य कुनै अधिनायकवादी पार्टीको सदस्य छ भने अमान्य हुनेछ।’  

राष्ट्रिय सुरक्षामा देखिएको खतरालाई ध्यानमा राखेर यो कानुन ल्याइएको अमेरिकाले जनाएको छ। 

खासगरी यो कानुन चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यप्रति लक्षित रहेको विश्लेषण गरिएको छ।  

तर रोजागारी र बाँच्नका लागि आवश्यक कुनै कुरा प्राप्त गर्ने उद्देश्यले मात्र कम्युनिस्ट पार्टीमा प्रवेश गरेको प्रमाणित गर्न सक्ने व्यक्तिलाई भने नागरिकता दिन सकिने अमेरिकाले जनाएको छ।  

शीतयुद्धताका सन् १९५० मा पनि अमेरिकाले यस्तो कानुन लागू गरेको थियो। एजेन्सी 

प्रकाशित: १९ आश्विन २०७७ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App