अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाको पहिलो महिला लेफ्टिनेन्ट जनरलमा निगर जोहर

मेजर जनरल निगार जोहर मङ्गलबार पाकिस्तानी सेनाको इतिहासमा लेफ्टिनेंट जनरलको पदमा पुग्ने पहिलो महिला अधिकारी बनेकी छन् ।  

पकिस्तानी सेनाको अन्तर सेवा सार्वजनिक सम्बन्ध (आईएसपीआर) लाई उद्धृत गर्दै एआरवाई न्यूजले भनेको छ, 'मेजर जनरल निगार जोहरलाई लेफ्टिनेन्ट जनरलका रूपमा पदोन्नती गरिएको  छ ।' उनी पाकिस्तानी सेनाको सञ्चार शाखाका अनुसार जोहरलाई पाकिस्तानी सेनाको पहिलो सर्जन जनरलका रूपमा पनि इतिहास बनाएकी छन् ।  

जोहर पाकिस्तानको ख्यवरपाख्तुङ्ख्या राज्य स्वावी जिल्ला, पञ्जपीरका स्थायी वासिन्दा भएको आइएसपीआरले आफ्नो ट्वीटर पेजमा उल्लेख गरेको छ । उनी मेजर जेनरलमा सन् २०१७ मा पदोन्नती हुँदा उक्त पदमा पुग्ने तेस्रो महिला बनेकी थिइन् । 

प्रकाशित: १६ असार २०७७ १५:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App