तेहरान – कोरोना भाइरस संक्रमणको डरले इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायीरूपमा रिहा गरेको छ। इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन परीक्षणबाट कोरोना भाइरस नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन्।
यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका ‘सुरक्षासँग सम्बन्धित कैदीहरू’लाई भने छाडिएको छैन। उनका पतिले शनिबार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोरोना भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।
इरानमा कोरोना भाइरस संक्रमणबाट ७९ जनाको ज्यान गइसकेको छ भने दुई हजार पाँच सय संक्रमित रहेको सरकारी अधिकारीले जनाएका छन्। कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या तीन हजार दुई सय नाघेको बताइएको छ।
गत डिसेम्बर अन्त्यबाट चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको यस भाइरसको संक्रमण हाल ७६ भन्दा बढी देशहरूमा फैलिएको छ। यस भाइरसका कारण विश्वभरि ९० हजारभन्दा बढीलाई संक्रमण भएको पुष्टि भएको छ। उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ९ जनाको मृत्यु भएको छ।
प्रकाशित: २२ फाल्गुन २०७६ ०१:२७ बिहीबार