अन्तर्राष्ट्रिय

दक्षिण कोरियामा एकै दिन ६ सयलाई संक्रमण पुष्टि

सियोल – दक्षिण कोरियामा एकैदिन झन्डै ६ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य अधिकारीका अनुसार पाँच सय ९४ जनामा संक्रमण पुष्टि भएको हो।

यो दक्षिण कोरियामा एकैदिन भएको सबैभन्दा बढी संख्याको संक्रमण हो। अन्तर्राष्ट्रिय समाचार संस्था सिएनएनका अनुसार दक्षिण कोरियामा कोरोना भाइरसबाट तीन हजार एक सय ५० संक्रमित छन् भने ७ जनाको मृत्यु भइसकेको छ। दक्षिण कोरियामा सबैभन्दा बढी संक्रमित दक्षिण–पूर्वी डाएगु सहरका छन्। सिन्चोञ्जी चर्च नामक समूहको सदस्यहरूले एकअर्कामा सारेपछि त्यहाँ कोरोना भाइरस संक्रमण फैलिएको बताइन्छ। उक्त समूहका एक ६१ वर्षीय महिलालाई गत साता संक्रमण भएको पुष्टि भएको थियो।

ती महिलाले सुरुमा अस्पताल जान अस्वीकार गरेकी र कोरोना भाइरस संक्रमण भएको पुष्टि हुनु अगाडि चर्चका केही प्रार्थनामा सहभागी भएको बताइएको छ।

प्रकाशित: १८ फाल्गुन २०७६ ०२:५३ आइतबार

कोरिया संक्रमण कोरोना_भाइरस