अन्तर्राष्ट्रिय

दिल्ली विधानसभा : आम आदमी अगाडि

काठमाडौं- दिल्ली विधानसभाको प्रारम्भिक मतगणना अनुसार आम आदमी पार्टी अगाडि देखिएको छ। चुनाव आयोगका अनुसार आम आदमी पार्टी ३९ सिटमा आगाडि छ भने भारतीय जनता पार्टी १९ सिटमा अगाडि देखिएको छ।

दिल्लीका मुख्यमन्त्री तथा आपका उम्मेदवार रअरविन्द केजरीवाल चार हजार मतले अगाडि देखिएका छन्। उनका प्रतिद्वन्दी बीजेपीका सुनील यादव हुन्। दिल्ली विधानसभाका ७० सिटका लागि फेब्रअरी ८ मा चुनाव भएको थियो। बहुमतका लागि ३६ सिट आवश्यक पर्छ।

प्रकाशित: २८ माघ २०७६ ०५:०७ मंगलबार

दिल्ली विधानसभा आप बीजेपी