अन्तर्राष्ट्रिय

जोनसनद्वारा बेलायत–इयु व्यापार सम्झौताका लागि अवधारणा तयार

लन्डन (बिबिसी) – युरोपेली संघ (इयु) सँगको व्यापार सम्झौताको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने तयारी भएकोे बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। यसका लागि बेलायतलाई ब्रसेल्सको नियम पालना गर्न ‘आवश्यक छैन नभएको’ उनले बताए।

प्रधानमन्त्रीले क्यानडा शैलीको स्वतन्त्र व्यापार सम्झौताको आह्वान लन्डनमा गर्नेछन् र यदि कसैलाई यस धारणामा चित्त नबुझेमा सम्झौताबाट बाहिरिन सक्ने बताए।

‘इयु नियमहरू समावेश गर्ने नै हो भने स्वतन्त्र व्यापार सम्झौताको आवश्यकता छैन,’ उनले भने। तर, आयरल्यान्डका प्रधानमन्त्रीले खेलको मैदानमा बेलायतले एक स्तरको सहमति गर्नु आवश्यक हुन्छ।

इयु–क्यानाडा सम्झौता अन्तर्गत, दुई देशहरूबीच अधिकांश सामानहरूमा आयात शुल्क हटाइएको छ। तर, भन्सार र मूल्य अभिवृद्धि करसम्बन्धी जाँचहरू कायम छन्। बेलायतका लागि धेरै महत्वपूर्ण मानिने बैंकिङ सेवाहरूको बहाव क्यानाडा र इयुबीचका सम्झौतामा धेरै प्रतिबन्धित छन्।

आयरल्यान्डका प्रधानमन्त्री लियो वरदकरले आइतवार बिबिसीसँग भने, ‘बेलायतले क्यानाडा शैलीको सम्झौता गर्न सम्भव छ। तर, क्यानाडा र बेलायतका नियमहरू फरक छन्। त्यसैले त्यहाँ सामान्य नियम र मापदण्डको आवश्यकता रहन्छ किनकि बेलायतको परिस्थिति क्यानडाको जस्तो छैन।’

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले वार्ता ‘कडा, निष्पक्ष र छिटो’ हुने बताएका छन्। तर, बेलायतले इयु समूहमा जति बढी नजिक जान चाहन्छ त्यति नै यसको सामान्य नियमहरूको पालना गर्नुपर्नेछ। यसका लागि इयुका लागि प्रमुख वार्ताकार मिसेल बार्नियरले व्यापार सम्झौताका लागि वार्ता गर्ने आफ्नो धारणालाई सोमबारसम्म तयार गरिसकेका बताइएको छ।

इयु प्रमुखहरूले क्यानाडा शैलीको स्वतन्त्र व्यापार सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेमा बेलायतले विश्व व्यापार संगठन (डब्ल्युटिओ) सर्तमा फर्कने सम्भावना जगाउने धारण प्रधानमन्त्री जोनसनले अघि सार्नेछन्।

‘हामीलाई पटकपटक भनिएको छ कि हामीले इयुको बजारमा पूर्ण पहुँचका लागि इयुका नियम र अदालतहरूलाई नर्वे मोडेल स्वीकार गनुपर्र्छ वा महत्वाकांक्षी स्वतन्त्र व्यापार सम्झौता छनोट गर्नुपर्छ, जसले बजारलाई खुला राख्छ र इयु नियमहरूको बन्धनबाट छुटकारा दिलाउन सक्छ,’ जोनसनले भने।

‘हामीले हाम्रो विकल्प छनोट गरिसकेका छौं। हामी क्यानाडाको जस्तै एउटा स्वतन्त्र व्यापार सम्झौता चाहान्छौं। तर, हामी सफल नहुने सम्भावनाको स्थितिमा हाम्रो व्यापार इयुसँगको हाम्रो विद्यमान बहिर्गममन सम्झौताको आधारमा हुनुपर्छ।’

‘छनोट स्पष्टतः ‘सम्झौता वा सम्झौताविहीन’ केही पनि होइन। हामी क्यानडासँगको तुलनात्मक व्यापार सम्बन्धसँग सहमत हुने हो वा अस्ट्रेलियाको जस्तो हाम्रो सवाल यसमा हो। दुवै अवस्थामा बेलायतको उन्नति हुन्छ भन्नेमा मलाई कुनै शंका छैन।’

उनले ब्रसेल्सद्वारा बनाइएका नियमलाई बेलायतले मान्नुपर्ने आवश्यकतालाई उनले अस्वीकार गर्दै भने, ‘प्रतिस्पर्धा नीति, छुट, सामाजिक संरक्षण, वातावरण वा यस्तै अन्य कुनै पनि कुरामा युरोपेली संघले आफ्ना नियमका अलावा बेलायतका नियमहरूलाई पनि स्वीकार गर्नुपर्नेछ।’

सुरक्षा, नागरिकको अधिकारको संरक्षणजस्ता सवालमा बेलायतको आफ्नै कानुन प्रणालीलाई हस्तक्षेप नहुने व्यवहारिक सहमतिका लागि इयुसँग प्रधानमन्त्रीको माग छ।

आलोचकहरूले जोनसनको इयूसँगको व्यापार सम्झौताको सुझावलाई अष्ट्रेलियाका लिवरल डेमोक्र्याट नेता एड डेभीको प्रस्तावजस्तो बताउँदै त्यस्तो सम्झौता ‘नाम मात्रको सम्झौता’ हुने बताएका छन्।

सर एडले थपे, ‘जानाजानी हाम्रो व्यापार खोल्नु भनेको हाम्रो अर्थव्यवस्थाको लागि पृथ्वीको सर्वक्षार नीति भन्दा कम हुनेछैन।’
इयुसँगको सम्झौताको अतिरिक्त, सरकार संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया र न्युजिल्यान्ड जस्ता देशहरूसँग स्वतन्त्र–व्यापार सम्झौता पनि गर्न चाहन्छ।

बेलायत र इयुबीचको व्यापार वार्ता आगामी मार्चमा सुरू हुने बताइएको छ। त्यसअघि इयुका सबै २७ समूह राष्ट्रहरूबीच छलफल र सहमति हुनु जरूरी छ।

बेलायत गत शुक्रबार (जनवरी ३१) देखि इयुबाट औपचारिकरूपमा बाहिरिएको छ। तर, आगामी ११ महिना अर्थात् संक्रमणकालभरि बेलायतले इयु नियमको बन्धनभित्र रहनेछ। प्रधानमन्त्रीले संक्रमणकाल थप नगरिने बताएका छन्।

प्रकाशित: २१ माघ २०७६ ०३:१० मंगलबार

बोरिस_जोनसन बेलायत–इयु व्यापार_सम्झौता