अन्तर्राष्ट्रिय

नागरिकता संशोधन कानुनबारे बोले माइक्रोसफ्टका सीईओ

काठमाडौं- भारतको नागरिकता संशोधन कानुनबारे माइक्रोसफ्टका सीईओ सत्य नडेलले मुख खोलेका छन्। भारतीय मुलका नडेलले भनेका छन् 'मलाई लाग्छ जे भइरहेको छ, त्यो गलत र दुखद छ। म एक बंगालादेशीलाई भारत आएर इंफोसिसको सीईओ बनेको देख्न चाहन्छु।'

माइक्रोसफ्टका सीईओ नडेलले म्यानहटमा कम्पनीको एक कार्यक्रममा यस्तो भनेका हुन्। भारतमा विपक्षी दल र केही सेलिब्रेटी समेत नागरिकता संशोधन कानुनको विपक्षमा बोलिरहेको बेला उनको यस्तो भनाई आएको हो। जवाहरलाल नेहरू यूनिवर्सिटी र जामिया मिल्लियाका विद्यार्थी पछिल्लो महिनादेखि यस कानुको विरोधमा उत्रिरहेका छन्।

बजफीडका सम्पादक बेन स्मिथले सत्य नडेलाको भनाईबारे ट्वीट समेत गरेका छन्। इतिहासकार रामचन्द्र गुहाले नडेलाको यस भनाईप्रति खुशी व्यक्त गरेका छन्। उनको समर्थनमा गुहाले ट्वीटरमा लेखेका छन्, 'म चाहन्छु हाम्रा आइटी सेक्टरका मानिसमा त्यो साहश हुन आवश्यक छ जो उनीहरुले सोच्छन् त्यो भन्न सकुन्।' डिसेम्वर १९ मा बेंगलुरुको एक र्‍यालीमा सहभागि भएका गुहालाई प्रहरीले गिरफ्तार समेत गरेको थियो।

प्रकाशित: २९ पुस २०७६ ०७:०३ मंगलबार

कानुन संशोधन नागरिकता