अन्तर्राष्ट्रिय

इतिहासकार रामचन्द्र गुहासहित दर्जनौं पक्राउ, प्रदर्शन जारी

नयाँ दिल्ली - नागरिकता विधेयकको विरोधमा प्रदर्शनमा उत्रेका भारतका प्रसिद्ध इतिहासकार रामचन्द्र गुहा पक्राउ परेका छन्। बिहीबार बिहान बेङलुरूस्थित सभागृहमा नागरिकता कानुन संशोधनको विरोधमा प्रदर्शन गरिरहेका ६१ वर्षीय गुहालाई बेङलुरू प्रहरीले पक्राउ गरेको हो।

भारतीय सञ्चार माध्यमकाअनुसार उनलाई पत्रकारसँग कुरा गरिरहेकै अवस्थामा पक्राउ गरेको हो।  पत्रकारहरूसँग कुराकानी  गरिरहेका गुहालाई एक प्रहरीले तानेर गाडीभित्र हालेको भिडिओ सार्वजनिक भएको छ।  गुहासँगै अरू दर्जनौं प्रदर्शनकारीलाई समेत प्रहरीले पक्राउ गरेको छ।

उक्त विधेयकविरुद्ध भारतका विभिन्न ठाउँमा प्रदर्शन भैरहेको छ। देशका विभिन्न ठाउँमा त्यहाँको संविधानको धारा १४४ लागु गरिएको छ। दिल्लीमा मेट्रो समेत बन्द गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

प्रकाशित: ३ पुस २०७६ ०७:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App