अन्तर्राष्ट्रिय

निर्वाचनको पूर्वसन्ध्यामा रूसका निर्वाचन प्रमुखमाथि आक्रमण

मस्को- रुसको केन्द्रीय निर्वाचन समितिका प्रमुखमाथि आक्रमण भएको अधिकारीहरूले शुक्रबार जनाएका छन्। रातको समयमा नकावधारी आक्रमणकारीले उनलाई घरमै आक्रमण गरेको रूसी प्रहरीले जनाएको छ। 

स्थानीय समयअनुसार राती झण्डै १.३० बजेतिर ६५ बर्षीया निर्वाचन प्रमुख इला पाम्फीलोभलाई आक्रमण भएको हो।

रूसमा आउदो आइतबार क्षेत्रीय निर्वाचन हुने तय भएको थियो र त्यसका लागि तयारी अन्तिम चरणमा पु-याइएको थियो।   

उनले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। पत्रकार सम्मेलनमा उनले कुनै चोट नदेखिनेगरी उपस्थित भएका थिए।

उनले आफुलाई अहिले ठिक भइसकेको दावी गर्दै पत्रकार सम्मेलनमा भने, “मलाई कुनै गाह्रो भएको छैन।” प्रहरीले घटनाका बारेमा अनुसन्धान गर्न र दोषीको खोजी गर्न थालिसकेको बताइएको छ। एएफपी

प्रकाशित: २० भाद्र २०७६ १५:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App