अन्तर्राष्ट्रिय

सोनिया गान्धी बनिन् भारतीय कंग्रेसकी अन्तरिम अध्यक्ष

नयाँ दिल्ली – भारतको प्रतिपक्षी दल भारतीय कंग्रेसले नेत्री सोनिया गान्धीलाई अन्तरिम अध्यक्षका रूपमा चयन गरेको छ। शनिबार राति भएको कंग्रेसको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो।

भारतमा गत अप्रिल र मे महिनामा सम्पन्न लोकसभा निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी दल भारतीय जनता पार्टीले देशव्यापी विजय हासिल गर्दै भारतीय कंग्रेसलाई किनारामा पु¥याएपछि हारको जिम्मेवारी लिँदै नेता राहुल गान्धीले अध्यक्षको पदबाट जुलाईमा राजीनामा दिएपछि रिक्त पदमा पुनः ७२ वर्षीया पूर्वअध्यक्ष

सोनिया गान्धीलाई सर्वसम्मतरूपमा अन्तरिम अध्यक्ष चयन गरिएको हो। सन् १९९८ देखि भारतीय कंग्रेसको नेतृत्व सम्हालेकी सोनियाको उत्तराधिकारीका रूपमा सन् २०१७ को डिसेम्बरदेखि राहुलले नेतृत्व गरेका थिए। छोरा राहुलभन्दा पहिले सोनियाले भारतीय पूर्वप्रधानमन्त्री तथा आफ्ना पति राजीव गान्धीको उत्तराधिकारीका रूपमा कंग्रेसको नेतृत्व सम्हाल्दै आएकी थिइन्।

 

 

प्रकाशित: २७ श्रावण २०७६ ०२:२५ सोमबार

भारतीय_कंग्रेस सोनिया_गान्धी