अन्तर्राष्ट्रिय

जातीय समूहबीच झडप हुँदा ३७ जनाको मृत्यु

एनजमेना- पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए।

“पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने। स्वतन्त्रता दिवसको अवसरमा गरेको पत्रकार सम्मेलनमा राष्ट्रपतिले उक्त कुरा व्यक्त गरेका हुन्। 

उनले भने, “विगत तीन दिनमा चाडको पूर्वी क्षेत्र क्वाडीमा ३७ जनाको मृत्यु हुनेगरी भएका साम्प्रदायिक दङ्गाबाट सरकार दःुखी बनेकोे छ।”

ऊँट पाल्ने किसान र खेतीमा आश्रित किसानबीच झगडा भएको बताइएको छ। उक्त स्थान सुडानको सीमाक्षेत्रमा रहेको छ। एएफपी

प्रकाशित: २४ श्रावण २०७६ १२:४८ शुक्रबार

जातीय_समूह झडप मृत्यु