अन्तर्राष्ट्रिय

निधन अघि सुषमालाई एक रुपैयाँको 'टेन्सन'

काठमाडौं - भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराजको गएराति निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार हटअट्याकका कारण उनको ज्यान गएको हो। भारतीय राजनीतिमा स्वराजको परिचय प्रखर वक्ता र निष्ठावान राजनीतिज्ञको थियो। अघिल्लो मोदी सरकारमा उनी विदेशमन्त्री थिइन्। उनी इन्दिरा गान्धीपछि विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन्।

वरिष्ठ अधिवक्ता हरिस साल्वेले आफूलाई आज(बुधबार) स्वराजले भेट्न बोलाएको स्मरण गरेका छन्। हिन्दी च्यालन टाइम्स नाउसँग कुरा गर्दै उनले भनेका छन्, '६ अगस्ट साँझ मेरो उहाँसँग कुरा भयो। तर कुरा गरेको डेढ घण्टामै सुष्माको मृत्युको खबर सुने।' 

उनले अगाडि भनेका छन्, 'मलाई अचम्म लाग्यो। ८ः५० मा मेरो टेलिफोनमा कुराकानी भएको थियो। त्यती बेला उनको स्वास्थ्य सामान्य जस्तो लागेको थियो। हामीबीच केही भावुक कुराकानी भयो। उहाँले मलाई भेट्न आग्रह गर्नुभएकाे थियो।' उहाँले मलाई भनेकी भन्नुभएकाे थियाे, 'मैले तिमिलाई कुलभूषण जाधव केसको एक रुपैयाँ शुल्क पनि दिनुछ।' 

मैले उहाँकहाँ गएर आफ्नो एक रुपैयाँ लिनु थियो। उहाँले मलाई साँझ ६ बजे भेट्न बोलाएकी थिइन्। सन २०१६ मा कुलभूषण जाधव पाकिस्तानमा गिरफ्तार भएका थिए। उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। उक्त केस अन्तराष्ट्रिय अदालतमा केस लड्न अधिवक्ता हरिस साल्वेलाइृ दिइएको थियो। उनले एक रुपैयाँ शुल्कमा उक्त केस लडेका थिए।

प्रकाशित: २२ श्रावण २०७६ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App