अन्तर्राष्ट्रिय

भारतको चन्द्रयान–२ सार्वजनिक

नयाँ दिल्ली – भारतको अन्तरिक्ष एजेन्सीले आगागी सेप्टेम्बरमा चन्द्रमामा पुग्ने अपेक्षा गरेको आफ्नो अन्तरिक्ष यान सार्वजनिक गरेको छ।सफल अवतरण गर्न सकेको खण्डमा चन्द्रमामा अन्तरिक्ष यान पु¥याउने भारत चौथो मुलुक बन्नेछ।

हालसम्म अमेरिका, रुस र चीनले मात्रै चन्द्रमामा अन्तरिक्ष यानको सफल अवतरण गराएका छन्।चन्द्रयान–२ नामक सो यान भारतको दोश्रो चन्द्रयान हो।सन् २००८ मा भारतले चन्द्रयान–पहिलो प्रक्षेपण गरेको थियो।यद्यपि सो यानले चन्द्रमाको सतहमा अवतरण भने हुन सकेको थिएन।

चन्द्रयान–२ ले विशेषतः चन्द्रमाका सतहलाई केन्द्रित गर्ने र त्यहाँको पानी, खनिज र चट्टानको वनावटबारे डाटा संकलन गर्ने भारतको अन्तरिक्ष एजेन्सीलाई उद्धृत गर्दैै बिबिसीले जनाएको छ।

 

 

प्रकाशित: ३० जेष्ठ २०७६ ०२:१९ बिहीबार

भारत अन्तरिक्ष चन्द्रयान–२