अन्तर्राष्ट्रिय

दिल्ली विमानस्थलले भन्यो-'नेपालीलाई अवरोध गरिने छैन'

काठमाडाैँ - शुक्रबार स्वदेश फर्किन तरखर गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उड्न रोक लगाएपछि यसको सबैतिर चर्चाा सुरू भएको छ।

विमानस्थल अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु फर्कदा पनि त्यसरी नै जानुपर्ने भन्दै विमानमा जान नदिएको पीडितहरूले भारतस्थित रहेको नेपाली दूतावासमा गुनासो गरेपछि कुरा बाहिर आएको हो।

नेपाली नागरिकलाई उड्न रोक लगाइएको सुन्नासाथ भारतीय पक्षसँग कुराकानी गरिएको दूतावासका प्रवक्ता हरि ओडारीले बताए ।उनले भने,'त्यो सुन्नेबित्तिकै हामीले विमानस्थल अध्यागमनसँग कुराकानी गर्‍यौ, उहाँहरुले रोक्ने नीति छैन भन्ने जवाफ दिएका हुन्।' शनिबार दूतावासले ट्विट गर्दै अबदेखि इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले यस्ताे प्रकृतिकाे घटना नदाेहराउने जनाएकाे छ।

 

प्रकाशित: २५ जेष्ठ २०७६ ०६:२३ शनिबार

इन्धिरा_गान्धी_विमानस्थल अवरोध नेपाली