अन्तर्राष्ट्रिय

पत्रकारलाई दुई वर्षको जेल सजाय

तेहरान – सर्वोच्च नेताविरुद्ध गलत सूचना फैलाएको भन्दै इरानी अदालतले एक पत्रकारविरूद्ध दुई वर्षको जेल सजाय सुनाएको छ। जेल सजाय सुनाइएका ती पत्रकारलाई इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनी तथा इरानी अधिकारीविरूद्ध ‘गलत सूचना फैलाएको’ र ‘अपमानित’ गरेको अभियोग लगाइएको थियो।

अदालतले अर्का पत्रकार मासौद खाजेमीलाई आगामी दुई वर्ष ‘मिडिया गतिविधि’मा संलग्न हुनमा समेत रोक लगाएको पत्रकारको पक्षबाट मुद्दा लडेका वकिल मोजताहेद जादेहलाई उद्धृत गरी इरानको राज्य सञ्चालित समाचार संस्था (आइआरएनए) ले बताएको छ। अदालतको आदेशमा पत्रकार खाजेमीमाथिका अभियोगबारे प्रष्ट रूपमा अन्य विवरण उपलब्ध गराइएको छैन।

सुधारवादी पक्षधर एक दैनिक पत्रिका शार्घका रिपोर्टर र सेडा–ऐ–पार्सी मासिक पत्रिकाका प्रधानसम्पादकसमेत रहेका खाजेमीलाई दुई साता पहिले पक्राउ गरी अनुसन्धान थालिएको थियो।

प्रकाशित: २० जेष्ठ २०७६ ०४:०४ सोमबार

गलत_सूचना पत्रकार जेल_सजाय