अन्तर्राष्ट्रिय

अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे पत्र

दिल्ली - भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा एक नम्बर बनेको दल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा निवर्तमान रक्षा तथा अर्थमन्त्री अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई सामेल  नगर्न आग्रह गरेका छन् ।

बुधबार उनले मोदीलाई पत्र लेखी आफू गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको र त्यसको उपचार नै आफ्नो प्राथमिकता भएकाले हालका लागि कुनै जिम्मेवारी नदिन नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।

उनले पत्रमा उल्लेख गरेका छन्, ‘म यो पत्रद्वारा मेरो उपचार र स्वास्थ्यका लागि आवश्यक फुर्सद दिनुहुनु अनुरोधका साथै हाललाई सरकारमा कुनै जिम्मेवारी लिन नसकिने अवस्थामा रहेको जानकारी पनि गराउँछु ।’  यसअघिको मोदी सरकारमा जेटलीले रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित: १५ जेष्ठ २०७६ ०८:४४ बुधबार

भारत अरुण_जेट्ली रक्षा_तथा_अर्थ_मन्त्रालय नरेन्द्र_मोदी