अन्तर्राष्ट्रिय

चीनमा पूर्वउपअर्थमन्त्रीलाई १५ वर्ष जेल सजाय

बेइजिङ– चीनका पूर्वउपअर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ। लाखौ रुपैया अनियमिता गरेको आरोपमा उहाँलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन्।

उनले अवैध तरिकाले कमाएको सबै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ। त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ।

अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ।

उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिएको पनि अदालतले जनाएको छ। सिन्ह्वा

प्रकाशित: ३० वैशाख २०७६ १२:२३ सोमबार

चीन पूर्वउपअर्थमन्त्री_झाङ_शाओचुङ जेल_सजाय