अन्तर्राष्ट्रिय

जापानी राजाद्वारा गद्दीत्याग, ‘हेइसी’ युगको अन्त्य

टोक्यो- जापानी राजा आकिहितोले मङ्गलबार राजगद्दी त्याग्नु भएको छ। यसको साथै हाल जापानमा चलिरहेको ‘हेइसी’युगको अन्त्य भएको घोषणा गरिएको छ। तीन दशकसम्म चलेको हेइसी युग यही महिना वर्तमान राजा आकिहितोले गद्दीत्यागसँगै अन्त्य भएको हाे।

विश्वमा नै पूरानो राजतन्त्रको रुपमा रहेको जापानको यस राजतन्त्रमा यस प्रकार गद्दी त्याग गरिएको यो २ सय वर्ष यताको नै पहिलो घटना हो। गद्दीत्याग गर्ने क्रम जापानी राजा आकिहितोले जापान र विश्वका सवै जनताको शान्ति र खुशीको कामना गरेका छन्। मे १ अर्थात भोलिबाट जापानका युवराज नारुहितोले जापानी राजसिंहासन सम्हाल्ने छन्।

मे १ बाट जापानमा नयाँ शाही युगको शुरुवात हुँदैछ। यसैसँर्गै जापानमा नयाँ युगको नाम ‘रेईवा’ शुरु हुने भएको छ। जापानमा सम्राट अनुसार युगको नामकरण गरिन्छ। पचासी वर्षीय आकिहितोले केही वर्ष अगाडिदेखि नै आफ्नो स्वास्थ्यको कारण राष्ट्रप्रमुखको भूमिका निर्वाह गर्न असमर्थ भएको जनाएपछि उनले गद्दी त्याग्ने वैधानिक अनुमति पाएका थिए।

प्रकाशित: १७ वैशाख २०७६ १०:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App