भारतमा चुनाव भइरहेको छ। लोकतान्त्रिक अधिकारलाई लिएर पनि चिन्ता ब्यक्त गरिएको छ। जनताको जीवनशैली अस्तब्यस्त छ। बिरामी, भोकमरी, दुर्घटना र हिंसामा मान्छेले ज्यान गुमाइरहेका छन्। अपमानित भइरहेका छन्। जनताको अधिकार दिनप्रतिदिन कमजोर भइरहेको छ।
हामी एक महत्वपूर्ण परिस्थितिमा छौं। के निर्वाचनलाई जादुयी परिवर्तन गर्नसक्ने माध्यम मानिएको छैन? के यसले जनताको भविष्यमा खुसीयाली ल्याउँछ?
त्यसो भए किन चुनावको बेला मात्रै समाज र जनताका बारेमा चिन्ता ब्यक्त गरिन्छ। यस्तो किन? हामी एउटा भित्तामा उभिएका छौं। जसमा लेखिएको सबैकुरा पढिरहेका छौं तर बुझ्न सकेका छैनौं।
त्यो भित्ता कस्तो छ? यो तनाव किन यती गहिरो छ? यसको अर्थ के हो?
हामी जो देखिरहेका छौं युवासँग रोजगारी छैन। किसानका लागि खेती महँगो छ। उब्जनी कमी छ। उपचारमा हुने खर्च दिनानुदिन बढीरहेको छ।
त्यसो भए किन चुनावको बेला मात्रै समाज र जनताका बारेमा चिन्ता ब्यक्त गरिन्छ। यस्तो किन? हामी एउटा भित्तामा उभिएका छौं। जसमा लेखिएको सबैकुरा पढिरहेका छौं तर बुझ्न सकेका छैनौं।
जबकी जनतालाई सरकारको तर्फबाट कुनै सहयोग छैन। शिक्षा महँगो भइरहेको छ। महिलालाई झन् मुस्किल छ।
महिला, अल्पसंख्यक र आदिवासीका अधिकार, सम्मान र जीवनमा नै खतरा उत्पन्न भएको छ। असहमतिका आवाज दबाइएको मात्रै होइन दमनकारी मेसिन प्रयोग गरी चुप लगाइएको छ र उसबाट राज्य बलियो भएको दाबी गरिएको छ।
एक पछि अर्को सरकार आए। सबैले जनताकै पक्षमा भएको दाबी गरे र जनताको जीवन राम्रो हुने आश्ववासन दिए तर त्यसो भएन।
हामीले पार्टी देख्यौं। ब्यबस्था परिवर्तन गर्यौं। विभिन्न पार्टी र नेता सत्तामा आए। नेताहरुले बाचा गरे तर त्यसलाई पुरा गर्ने दाबी गरेनन् वा गर्न सकेनन् । जनतालाई सपना मात्रै देखायो र जनता देख्दै गए।
यो अवस्था एक समस्याको अभिब्यक्ति हो। त्यती नै यो संकटको नतिजा पनि हो।
समस्या कहाँ छ ?
यसलाई बुझ्न समस्यालाई चार भागमा बर्गीकरण गरौं। बास्तवमा यो वर्गीकरण फान्स्रेली दार्शनिक तथा गणितज्ञ अला बादिऊको विश्लेषणमा आधारित छ। तर हामी यसलाई हाम्रो समाजको स्थितिका हिसाबले बुझाउने कोसिस गर्ने छौं।
पहिलो उत्पादन र प्रभूत्वशाली ढाँचामा आधारित छ। राज्य सञ्चालनमा अहिलेसम्म एक प्रभूत्वशाली शक्तिकै दबदबा छ। ऐतिहासिक रुपमा यो प्रभूत्व जन्मका आधारमा तय हुने गरेको छ। राज्य समर्थित अधिकांस क्षेत्रमा यिनले नै विशेषधिकार हासिल गरेका छन्।
यसले जनताको जीवनमा असुरक्षा ल्याएको छ। हामी कँहा तलदेखि सामाजिक माथिसम्म यो रुपलाई चुनौति मिलिरहेको छ। तर राजनीतिक रुपमा न त ब्राह्मणवादलाई चुनौति मिलेको छ न त पुँजीवादलाई नै। जसलाई बाबासाहेब आम्बेडकरले जुम्ल्याहा दुस्मन भनेका थिए।
राजनीतिक चुनौतिको कमी दोस्रो समस्या हो। यो सही हो कि पहिलेको तुलनामा देशमा धेरै पार्टी छन् र धेरैलाई प्रतिनिधित्व गर्छन्। यसमा विविधता आएको छ। तर शासन र नेतृत्वमा सबै पार्टीले बेइमानी गरेका छन्। यसमा ठूलो अन्तर छ।
यसलाई पार्टीको सत्तामा आउने सिँढीका रुपमा पनि हेर्न सकिन्छ। जनताको जीवनशैलीमा कुनै नाटकीय परिवर्तन आएको छैन।
एउटा सरकार आफ्नो नीति लागू गर्न सक्दैन तर विपक्षी दल सत्तामा आएपछि त्यसलाई लागू गरेर श्रेय लिन्छ।
कुरा सानो सानो होइन। हामी समाज चलाउने र उनीहरुको जीवन बदल्ने कुरा गर्दै छौं। यसको मतलब यो होइन कि सबै पार्टी आपसमा एउटै छन्।
समानता यो होकी कुनै पनि पार्टीको आमूल परिवर्तन गर्ने कुनै काम देखिएको छैन। यसले जनतामा निरासा बढ्दै गएको छ। जनताको जीवनस्तर उस्तै छ।
उनीहरुको अधिकार दिनानुदिन कमजोर बनाइएको छ।
देशको नागरिक हुनुको अर्थ जीउँदो रहनु र भोट हाल्नुमा सीमित गरिएको छ।
अब त यसमा पनि परिवर्तन भएको छ। अब खास धर्म र जाति हुनु र एक पार्टीको समर्थन गर्नु उसको सर्त मानिएको छ।
तर जनतासँग यसको कुनै विकल्प छैन। कि यो पार्टीमा जाऊ। कुन पार्टीले उसको हालत बुझ्छ। उसलाई माथि ल्याउन सक्छ। कुनै छैन।
त्यसैले जनतामा भारी निरासा छ। असुरक्षित महसुस गरिरहेका छन्।
शहरी तथा मध्य वर्गको समस्यालाई यसरी बुझ्न सकिन्छ।
यदी मानिस सडकमा हिंसा वा हंगामा गर्न आइरहेका छन्। यसको मतलब यो होइन कि कुनै पार्टी वा संगठनले उसलाई उचाली रहेको छ।
जे जस्तो छ त्यस्तै रहँदै आएको छ।
८० र ९० को दशकका उखानलाई आफ्नो दर्शन बनाइएको छ। कि अब कुनै विकल्प छैन। तर यसको मतलब यो होइन कि मानिसहरुले कुनै विकल्प सोचेकै छैनन्। कसैसँग कुनै दृष्टिकोष्ण छैन। सबैले विकल्पहिनतालाई स्वीकार गरेका छन्।
मतलब यो हो कि जहाँ विकल्पको जन्म हुन्छ तर उसँग यस्तो शक्ति छैन कि त्यसैलाई विकल्पका रुपमा अघि सार्न सकोस।
मान्छेसँग जाने, उसलाई नयाँ विकल्प दिने, गोलबद्द गर्ने, उसलाई मद्दत गर्ने, संगठित गर्ने कुनै पनि दृष्टिकोण हाम्रो समाजमा छैन।
यो साचो हो कि माथिका कुराले झन निरासा ल्याउँछ। तर यही सत्य हो। जसलाई हामी निरंकुश वा फासीवादी भन्छौं। एक ठोस आधार हो। यदी कुनै समाजमा नयाँ नारा लिएर गयो। यही मानिसहरु फेरि पनि विश्वास गर्न तयार छन् भने बुझ्न सकिन्छ कि उक्त समाजको जीवन र स्तरलाई तल्लो स्तरमा गिराइएको छ।
हामी कहाँ छौं ?
सबभन्दा पहिला त हामीले नयाँ राजनीतिक कल्पना गर्न र नयाँ सोच्न बन्द गर्यौं।
यो बुझाई बन्द गरिएको छ कि शासनप्रणालीको काम समाजलाई अगाडि बढाउने दृष्टिकोण हो। यो कुरा हामीले अहिलेसम्म बुझेका छैनौं। शासनप्रणाली कुनै आश्वासन वा बाचा होइन । बास्तवमा यो त न्यायको दोस्रो नाम हो।
इतिहासलाई हेर्ने हो भने यो समाज तब मात्रै अघि बढ्छ जब उसँग आफ्नो भविष्यका बारेमा एक दृढ संकल्प् हुन्छ। सत्ताधारी दृष्टिकोणभन्दा दोस्रो। त्यसको विकल्प।
दुनियाको इतिहास र देशको इतिहासमा पनि यही स्थिति कायम छ। वुद्धले पनि यही गरेका थिए।
यो प्रक्रिया तब अहम भयो जब शासन चलाउन जन्म, सैनिक तागत र जमिनको टुक्रामा कब्जाभन्दा बढी अहम मानियो। यसैलाइै हामीले राजनीति भन्यौं।
औपनिवेशिक दौरमा यो सवाल फस्टाउँदै गरेको देखेका छौं। तर समाजलाई अगाडि बढाउने दृष्टिकोण के हुन्छ तथा राजनीति के हुन्छ?
यो अर्थमा पहिलोपटक दक्षिणको गैर (ब्रमह्मण) आन्दोलन, पश्चिमको सावित्री बाइ फुले तथा ज्योतिबा फुलेको क्रान्ति। त्यस्तै अम्बेडकर आउनुले स्पष्ट हुन्छ।
यसमा कम्युनिष्ट संगठन, भगत सिंह तथा बिरसा मुंडाको नाम पनि जोड्न सकिन्छ।
यिनीहरुले राजनीतिमा एक यस्तो परिकल्पना पेश गरे जुन अहिलेसम्म यो देशमा थिएन।
उनीहरुको उपस्थितिले औपनिवेशिक सत्ता तथा त्यसको विरोध गरिरहेका राजनीतिक कमिलाई रेखांकित गर्यो।
स्वतन्त्रतापछि पनि यो दृष्टिकोणको सिलसिला खत्म भएन। जनताको अधिकारलाई लिएर बेलाबेलामा हुने सानातिना आन्दोलन यसका उदारण हुन्।
तर बिस्तारै यो प्रक्रिया कमजोर बन्दै गयो। विकल्प थियो तर पनि यो विकल्पको रुपमा आउन सकेन।
आज समस्या यसकारण हाम्रो सामू छ। यसलाई स्वीकार गरिएको छ। पुँजी र जातिको यो समिकरण यस्तै बनिरहनेछ। जो पहिलेदेखि छ। तर यो समिकरणलाई बदल्न मुस्किल भने छैन।
यस्तो अवस्थामा यदी हामीले कुनै विकल्पको कुरा गर्ने हो भने नयाँ कल्पना गनुपर्छ। यस्तो कल्पना सुरुआतमा आँधा र अधुरो जस्तो लाग्न सक्छ। तर यस्तो विकल्प वर्तमान राजनीति प्रणालीभन्दा बिल्कुल भिन्न हुनुपर्छ।
वर्तमान दुनियाको सीमाभन्दा अघि गएर नयाँ दुनियाको परिकल्पना गर्नुपर्छ।
यसको बिउ पनि हाम्रै राजनीतिक पुस्तामा छ। अनगन्ती आन्दोलन चलिरहेका छन्। यी आन्दोलनले शासन प्रणालीको नयाँ धारा प्रस्तुत गरेका छन्।
राजनीतमा यो एक राम्रो संकेत हो। राजनीतिमा जब एक मात्र दृष्टिकोण बच्छ तब राजनीति बिस्तारै सकिन्छ। तर बास्तवमा यस्ता दृष्टिकोणले समाज बदलेका छन्। यसको लागि यिनीहरुलाई धेरै अघि जानु छ।
द वायर हिन्दीका लागि रेयाजुल याकको लेख विनोद देवकोटाले अनुवाद गरेका हुन्।
प्रकाशित: १३ वैशाख २०७६ ०९:०६ शुक्रबार