अन्तर्राष्ट्रिय

चीनको रसायन प्लान्टमा शक्तिशाली बिस्फोट, ४८ जनाको मृत्यु

चीन - चीनमा एक रसायन प्लान्टमा ठुलो शक्तिशाली बिस्फोट भएको छ।  चिनिया सञ्चार माध्यमका अनुसार  उक्त विस्फोटमा परी ४८ जनाको ज्यान गएको छ भने ६ सय ४० सय जना भन्दा धेरै घाइते भएका छन्।

बिस्फोट पूर्वी चीनको येनचंग बहरमा तियानजियाई केमिकलको एक सम्यन्त्रमा भएको हो।

बिस्फोटपछि उक्त कम्पनीमा आगो लागेको थियो । आगो शुक्रबार विहान मात्र नियन्त्रणमा लिइएको थियो। घाइते भएका मध्ये ३२ जना गम्भीर घाइते रहेका छन्।  घाइतेहरुको १६ वटा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ८ चैत्र २०७५ ०३:५२ शुक्रबार

चीन रसायन_प्लान्ट बिस्फोट