अन्तर्राष्ट्रिय

चीनमा अनलाइनमा पढ्ने बढे

चीन - चीनमा अनलाइन शिक्षाको लोकप्रियता तीव्ररुपमा बढ्दै गएको छ। अनलाइन शिक्षामा जोडिनेको संख्या २९.७ प्रतिशतले बढेर यस वर्ष २० करोड १० लाख पुगेको छ। चीनमा समग्र अनलाइनमा पहुँच रहेकामध्ये यो २४.३ प्रतिशत हिस्सा हो। चीनका झन्डै १९ करोड ४० लाखले मोबाइलको प्रयोगमार्फत अनलाइन शिक्षा लिएको चाइना इन्टरनेट नेटवर्क इन्फर्मेसन सेन्टरले जनाएको छ।

सन् २०१७ को तुलनामा यो ६३.३ प्रतिशतले बढी हो। स्मार्टफोनको बढ्दो प्रयोग तथा मोवाइल इन्टरनेटको प्रयोग र पहुँचमा व्यापक सुधार भएकाले अनलाइन शिक्षाको लोकप्रियता बढेको अधिकारीहरुले बताएका छन्। अनलाइन शिक्षाका लागि प्राप्त विकल्पमध्ये स्मार्टफोन सबैभन्दा प्रभावशाली देखिएको छ। सूचना आदानप्रदानमा चीनको सर्वाधिक लोकप्रिय सामाजिक सञ्जाल वीच्याटमा प्राप्त सुविधाका कारण पनि अनलाइन शिक्षाप्रति मानिसहरुको आकर्षण बढेको हो।

प्रकाशित: २० फाल्गुन २०७५ ०४:४६ सोमबार

चीन अनलाइन_शिक्षा