अन्तर्राष्ट्रिय

१० भारतीय माओवादी मारिए

नयाँ दिल्ली – मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा बल र भारतीय माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा १० माओवादी लडाकु मारिएका छन्।

छत्तिसगढको प्रान्तीय राजधानी रायपुरबाट ती सय ६५ किलोमिटर ढाटा रहेको भैरामगढमा सो भिडन्त भएको बताइएको छ। भारतीय विशेष सुरक्षाबलले यस इलाकामा माओवादी लडाकु मुक्त क्षेत्र बनाउनको लागि जारी राखेको कारबाहीको क्रममा सो झडप भएको सरकारी अधिकारीहरुले जनाएका छन्। 

झडपको माओवादीले प्रयोग गर्ने १० वटा राइफल फेला परेको र अझै पनि सुरक्षा कारबाही जारी रहेको सरकारी अधिकारीहरु जानकारी दिएका छन्।

प्रकाशित: २५ माघ २०७५ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App