अन्तर्राष्ट्रिय

भारतमा विपक्षी नेतालाई आजीवन काराबासको फैसला

नयाँदिल्ली- भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका बरिष्ठ नेता सज्जन कुमारलाई आजिवन काराबासको फैसला सुनाइएको छ। 

सन् १९८४ मा भएको हिंसात्मक घटनामा शिख समुदायलाई भड्काउने कार्यमा सम्लग्न रहेको आरोपमा दिल्ली उच्च अदालतले सोमबार यस्तो फैसला गरेको हो। 

त्यही हिंसाको प्रभावले तत्कालिन प्रधानमन्त्री इन्दीरा गान्धीलाई शिख समुदायको उहाँकै अङ्ग रक्षकले गोली हानी हत्या गरेको थियो। 

अदालतले यही डिसेम्बर ३१ सम्ममा आत्मसमपर्ण गर्न नेता कुमारलाई समय दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। सिन्ह्वा

प्रकाशित: २ पुस २०७५ १५:१७ सोमबार

भारतीय_राष्ट्रिय_काँग्रेस सज्जन_कुमार आजिवन_काराबास