अन्तर्राष्ट्रिय

फ्रान्सको प्रतिष्ठित साहित्य पुरस्कार म्याथुलाई

तस्बिर : एजेन्सी

पेरिस - निकोलस म्याथ्यूको उदासी किशोरको कथालाई फ्रान्सको प्रतिष्ठित प्रिम्स गोन्कर्ट साहित्य पुरस्कारद्वारा सम्मानित गरिएको छ। उनको दोस्रो उपन्यास लेयर्स इन्फ्यान्टस एपेक्स एक्स (उनीहरूपछि बच्चाहरू) मा १९९५ पछिको फ्रान्सको औद्योगिक मन्दी र किशोर लोभ लालचको चित्रण गरिएको छ।

'कृतिका लागि मैले आफैलाई १८ महिनासम्म एउटा बन्द कोठामा सीमित गरेको थिए', चालिस बर्षीय पूर्व पत्रकार म्याथ्युले बताए। एक उराठ औद्योगिक नगरबाट छुटकारा पाउने तीब्र आकाङ्क्षा बोकेका किशोरहरूका चार बर्षको समयावधिलाई उपन्यासमा चित्रण गरिएको छ। भोगेको संसारलाई पुस्तकमा उतार्न भरमग्दुर प्रयास गरेको म्याथुले बताए। 

दश यूरोको सामान्य राशी भएको गोन्कर्ट साहित्य पुरस्कार प्राप्त गर्ने साहित्यकार एकाएक चर्चाको शिखरमा पुग्ने र कृतिले समेत ठूलो व्यापार गर्न सफल हुन्छन्। सन् २०१४ मा म्याथ्युको पहिलो उपन्यास ‘एक्स एनेमक्स ला गेरे’ प्रकाशित भएको थियो। उक्त उपन्यासमा पनि उनले विश्व व्यापारीकरणले फ्रान्सको एक शहरमा पारेको नकारात्मक प्रभावकाे चित्रण गरेका थिए।

चालिस बर्ष पुगिसक्दा यो उनको दोस्रो उपन्यास हाे। हाँस्यात्मक पारामा उनले भने, 'मैले आफुले के लेख्न सक्छु भन्ने थाहा पाउन नै मलाई लामो समय लाग्यो।' आफ्नो धीमा गतिकै कारण आफुले सबैकुरा राम्रोसँग अवलोकन र चित्रण गर्नसकेको उनले बताए। 

प्रकाशित: २३ कार्तिक २०७५ १२:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App