अन्तर्राष्ट्रिय

यौन दुर्व्यवहार गर्ने ४८ कर्मचारीले गुगलको जागिर गुमाए

गूगल कम्पनीले आफ्ना १३ जना वरिष्ठ प्रबन्धकसहित ४८ जना कर्मचारीलाई जागिरबाट निकालेको छ। गुगलले सन् २०१६ यता यौन दुर्व्यवहार गरेको आरोप लागेका कर्मचारीहरुलाई बर्खास्त गरेको हो। विभिन्न महिलाहरुले आफु ती कर्मचारीबाट यौन दुर्व्यवहारमा परेको उजुरी दिएपछि उनीहरुलाई बर्खास्त गरिएको गुगलले जनाएको छ।

गुगलले आफ्ना कर्मचारीको निगरानि अझै गरिरहेको पनि जनाएको छ । गुगलले गलत आचरण भएका कर्मचारी विरुद्द आएका हरेक उजुरीको सुक्ष्म अनुसन्धान गरी कार्वाही गर्ने जनाएको छ।

प्रकाशित: ९ कार्तिक २०७५ ०९:४४ शुक्रबार

गुगल कर्मचारी_निस्कासन यौन_दुर्व्यवहार