अन्तर्राष्ट्रिय

इरानमाथि अमेरिकाको एकपक्षीय प्रतिबन्ध, व्यापार नगर्न साझेदारलाई ट्रम्पको चेतावनी


न्युयोर्क–अमेरिकी राष्ट्रपति डोलान्ड ट्रम्पले इरानसँग व्यापार गर्ने जो केहीसँग पनि अमेरिकाले व्यापार नगर्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो ट्वीटमार्फत ‘इरानसँग ब्यापार गरिरहेकाहरुले अमेरिकासँग ब्यापार गर्ने छैनन्’भन्दै आफ्ना व्यापार साझेदारलाई चेतावनी दिएका हुन्।

इरानमाथिको प्रतिवन्ध कडा पारिएको भन्दै यस्तो दबावले इरान नयाँ परमाणु संझौताका लागि तयार हुने अपेक्षा ट्रम्पले गरेका छन्। ट्रम्पले इरानसँग यस अगि ओवामा सरकारले गरेको परमाणु संझौता एक पक्षीय र खतरनाक र हालसम्मकै खराव संझौता भएको टिप्पणी गर्दै आएका छन्। इरानमाथि प्रतिवन्ध घोषणा गरिएको भन्दै ट्रम्पले नोभेम्बरसम्ममा तेल व्यापारमै प्रतिबन्ध लगाउने बताएका छन्।

सोमबारमात्रै उनले इरानलाई धम्कीपूर्ण व्यवहार परिवर्तन गरी विश्व आर्थिक समुदाय सँग आवद्ध हुन या यस्तै व्यवहार गरी आर्थिकरुपम एक्लिने बाटोमा लाग्न चेतावनी दिएका थिए। 

मंगलबारदेखि लगाइएको प्रतिवन्धमा इरानले अमेरिकी मुद्रा खरिद गर्न नपाउने,सुनजस्ता मूल्यवान धातु कारोबार नगर्ने, स्टील, अल्मुनियम कोइला, सफ्वेयर जस्ता औद्योगिक बस्तु रोक्ने घोषणा गरेका छन्। अमेरिकाले नोभेम्बर ५देखि इरानको ऊर्जा तथा पारवाहन ,पेट्रोलियम व्यापारमा प्रतिबन्ध लगाउने तयारी गरिरहेको छ। 

अमेरिकाको यो कदमलाई इरानी राष्ट्रपति हसन रुहानीले अमेरिकी सरकारको प्रतिगामी कुटनीतिका रुपमा टिप्प्णी गरेका छन्।‘उनीहरु इरानी नागरिक विरुद्द मनोबैज्ञानिक युद्द गर्न चाहिरहेका छन् तर हामी सधै बार्ता र कुटनीतिकै पक्षमा हुन्छौं’ रुहानीले भनेका छन, ‘तर वातार्मा इमान्दारिता चाहिन्छ।’ बिबिसी

 

प्रकाशित: २२ श्रावण २०७५ ११:५१ मंगलबार

इरान प्रतिबन्ध