अन्तर्राष्ट्रिय

पुन: निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा

इस्लामावाद-पाकिस्तानका विभिन्न राजनीतिक दलहरुले फेरी निर्वाचनको माग गर्दै शुक्रबार आन्दोलनको घोषणा गरेका छन्। 

गत जुलाई २५ मा देशभरी भएको निर्वाचनको परिणाम पूर्व क्रिकेट खेलाडी इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको घोषणा भएपछि उनीहरुले आन्दोलको घोषणा गरेका हुन। आन्दोलनरत पार्टीहरुले फेरि निर्वाचन गर्न माग गर्दै प्रदर्शन गरेका छन्। 

वर्तमान सत्तारुढ दल पाकिस्तान मुस्लिम लिग–नवाज (पिएमएल–एन) सहितका दलहरुले आन्दोलनको घोषणा गरेका हुन्। 

पिएमएल–एनका वरिष्ठ नेता शाहबुज शरिफले आन्दोलनप्रति आफ्नो समर्थन रहेको जानकारी दिए।
प्रतिद्वन्द्वी ती पार्टीहरूले चुनावमा धाँधली भएको ठहर गर्दै पुनः आन्दोलन गर्ने घोषणा गरेका हुन्। 

तेस्रो स्थानमा बिलावल भुट्टो जर्दारीको पाकिस्तान पिपुल्स पार्टी रहेको छ, जसले ३९ सीट जितेको छ। 
बिलावल पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका छोरा हुन् । सन् २००७ को डिसेम्बरमा बेनिजिर भुट्टो हत्या भएको थियो। 

यद्यपी पीपीपीले भने शुक्रवार भएको प्रतिद्वन्द्वी पार्टीहरूको भेलामा सहभागिता जनाएको थिएन। 

मतगणनाको परिणामअनुसार पूर्वक्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थान जितेको छ। यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान प्राप्त गर्न सकेन। 

पाकिस्तान चुनाव आयोगले आमनिर्वाचनको नतिजा शुक्रबार घोषणा गरेको थियो। प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्वप्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन्।

सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ। यसैबीच विरोध प्रर्दशन सुरु भएको छ।

प्रकाशित: १२ श्रावण २०७५ ०९:३४ शनिबार

पुन निर्वाचनको माग गर्दै पाकिस्तानमा आन्दोलनको घोषणा