अन्तर्राष्ट्रिय

भारतको आसाममा भूकम्प

नयाँदिल्ली- भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको समाचार छ। सो भूकम्प ५.१ म्याग्नीच्युडको रहेको अधिकारीले सोमबार जानकारी दिएका छन्। 

स्थानीय समयाअनुसार बिहान १०ः३० बजे गएको यस भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट ११४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो। 

तर आसाम राज्यभर नै यस भूकम्पको कम्पन महसुस गरिएको बताइएको छ। भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन। 

प्रकाशित: २८ जेष्ठ २०७५ १०:१९ सोमबार

भारतको आसाममा भूकम्प