अन्तर्राष्ट्रिय

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले

सिड्नी- अष्ट्रेलियाका वैज्ञानिक डा. डेभिड गुडअलले १०४ वर्षको उमेरमा स्विटजरल्याण्डमा स्वेच्छिक मृत्युवरण गरेका छन्।इच्छा मृत्युको क्षेत्रमा क्रियाशील संस्था एक्जिट इन्टरनेशनलले गुडअललाई मृत्युवरणमा सहयोग गरेको हाे।

इकोलोजीका प्रख्यात वैज्ञानिक डेभिड लन्डनमा जन्मिएका भएपनि अस्ट्रेलिया बस्दै आएका थिए।सम्मानजनक मृत्युका लागि घर छोडेको केही दिनमा नै उनले मृत्युवरण गरेका हुन् । हालै मात्रै इकोलोजी सम्बन्धि एक पुस्तक प्रकाशन गरेका उनी अष्ट्रेलियाको पर्थस्थित कोठामा एक्लै बस्दै आएका थिए।

प्रकाशित: २८ वैशाख २०७५ ०२:४० शुक्रबार

स्वेच्छिक मृत्युवरण गरे अष्ट्रेलियाका वैज्ञानिक डेभिडले