अन्तर्राष्ट्रिय

ट्रम्प र मुनबीच फोनवार्ता, किमसँग भएकाे वार्ताबारे विफ्रिङ

वासिङटन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिएका छन्। 

ट्रम्पले फोनवार्तापछि लेखेको ट्वीटर सन्देशमा भनेका छन्, “दक्षिण कोरियाली नेता मुनसँग भर्खरै लामो कुराकानी भएको छ। सबैकुरा राम्रोसँग अघि बढेका छन्। उत्तर कोरियासँग हुने बैठकका लागि समय र स्थान निर्धारण गर्ने काम भैरहेको छ।” जारी वार्ताका बिषयलाई जानकारी गराउने सन्दर्भमा जापानी प्रधानमन्त्री सिन्जो आवेसँग पनि कुराकानी भएको छ, ट्रम्पले भनेका छन्। 

मुनले ऐतिहासिक शिखर सम्मेलनमा उत्तर कोरियाली नेता किमसँग शुक्रबार भेटवार्ता गरी स्थायी तथा कोरियाली प्रायदीपलाई आणविक हतियारबाट पूर्ण निशस्त्रीकरण गर्ने बिषयमा सहमति गरेका थिए।

दुई कोरियाली मुलुकमा सन् १९५० मा शुरू भउको करिब तीन वर्षको युद्धपछि युद्धविरामको सहमति भएपनि ६५ वर्षसम्म शान्ति सम्झौता भने हुनसकेको छैन। 

प्रकाशित: १५ वैशाख २०७५ १६:१९ शनिबार

ट्रम्प मुनबीच फोनवार्ता किमसँग भएकाे वार्ताबारे विफ्रिङ