अन्तर्राष्ट्रिय

क्यानडाका प्रधानमन्त्रीले दिए राजीनामा

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले सोमबार प्रधानमन्त्री र लिबरल पार्टीकाे नेताबाट राजीनामा दिएका छन्। उनले नयाँ नेता चयन नभएसम्म पद सम्हाल्ने बताए। ट्रुडोले राष्ट्रका नाममा भने, “महामारी, लोकतन्त्र र मध्यम वर्गका लागि काम गरेँ, तर अब आगामी चुनावका लागि उपयुक्त छैन।” उनले पार्टीभित्रको तनाव र सांसदहरूको दबाबका कारण यो निर्णय गरेको बताए।  

उपप्रधानमन्त्री क्रिस्टिया फ्रील्यान्डले पनि सोमबार पद छोडिन्, ट्रुडोसँग आर्थिक सहायता वितरण नीतिमा असहमति जनाएकी थिइन्। ट्रुडोको राजीनामापछि लिबरल पार्टीलाई नयाँ नेता चयन गर्नुपर्ने चुनौती छ, जसमा मेलानी जोली, डोमिनिक लेब्ल्याङ्क र मार्क कानी सम्भावित उत्तराधिकारीका रूपमा हेरिएका छन्। 

संसदीय सत्र मार्चसम्म सारिएको छ, जहाँ लिबरल पार्टीले विश्वासको मतको सामना गर्नुपर्नेछ। अहिले लिबरल पार्टीसँग संसदमा बहुमत छैन, मात्र १५३ सांसद छन्, जबकि बहुमतको लागि १७० सिट चाहिन्छ। एनडीपीका नेता जगमीत सिंहले ट्रुडोविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्, जसले क्यानडाको राजनीतिलाई अनिश्चित बनाएको छ।  

अर्को क्यानडियन संघीय निर्वाचन २०२५ अक्टोबर २० तारिख वा त्योभन्दा पहिले हुनेछ।

प्रकाशित: २२ पुस २०८१ २२:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App